back

कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्ने पक्राउ

वि.सं.२०७३ पुस २० बुधवार

324 

shares
NTC AD
Global IME AD

२० पुस, इटहरी  । धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको थियो ।

सेञ्चुरी बैंक शाखा धरानले बैंक घोटालाका सम्बन्धमा दिएको लिखित उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन अगाडि बढाउन निर्देशन दिएलगत्तै धरान प्रहरीले घोटालामा संलग्नमध्ये तीनलाई पक्राउ गरिसकेको बताएको छ ।

पक्राउ पर्नेमा बैंकका सुन जाँचकी पदमा कार्यरत कुमार श्रेष्ठ तथा ऋणी सञ्जयकुमार राई र विशन शाक्य पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ । कीर्ते कागजबाट रु नौ करोडभन्दा बढी रकम घोटाला गरिएको बताइन्छ । राष्ट्र बैंकको कारबाहीबाट बच्न बैंकका सञ्चालकको लिखित जाहेरीमा तत्कालीन सुन जाँचकी श्रेष्ठ र ऋणी दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

तल्लोस्तरका कर्मचारीले मात्रै करोडौँ घोटाला गर्न सम्भव नरहेको निष्कर्ष निकाल्दै इप्रका धरानले सिबीआइको सहयोग मागेको थियो । सिबीआइले राष्ट्र बैंककै विज्ञको सहयोगमा छानबिन र कारबाही अघि बढाउन आदेश दिएपछि धरान प्रहरीले तत्कालीन शाखा प्रमुख निखिल श्रेष्ठ, सुन जाँचकी श्रेष्ठ, ऋणी राई र शाक्य लगायतलाई नियन्त्रणमा लिनुपर्ने रायअनुसार ती तीन जनालाई पक्राउ गरेको हो ।

निखिल श्रेष्ठबाहेक निर्दिष्ट गरिएका सबै पक्राउ गरिसकेको र निखिलको पनि खोजी जारी राखिएको इप्रकाका प्रनाउ खतिवडाले जानकारी दिनुभयो । ऋणी राई धरान–९ स्थित पुतलीलाइनमा रहेको इम्मानुयल ज्वेलर्सका सञ्चालक हुन् भने शाक्य धरानका सुनचाँदी व्यवसायी हुन् । सुन कर्जामा गरिएको लगानीमा बिनाधितो नक्कली कागजात बनाएर झन्डै रु नौ करोडभन्दा बढी घोटाला गरेको स्वयम् बैंक शाखाले दिएको उजुरीमा उल्लेख भएको पाइएको छ । रासस

वि.सं.२०७३ पुस २० बुधवार १४:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा

मान्म (कालीकोट) । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने...

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी नाकाबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार...

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

अर्थतन्त्रमा सुधार आउन थालेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि...

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

तेल प्रशोधन केन्द्र अलपत्र

तेल प्रशोधन केन्द्र अलपत्र

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित...

जलिरहेको अवस्थामा युवतीको शव बरामद

जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला...