back

वीरमा चौबीसै घन्टा डायलासिस सेवा

वि.सं.२०७३ पुस २० बुधवार

519 

shares
GLOBAL IME AD
NTC AD

२० पुस, काठमाडौँ  । मिर्गौला रोगीका लागि वीर अस्पतालमा २४ सै घन्टा डायलासिस सेवा सुरु भएको छ ।

बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतवारदेखि २४ सै घन्टा बनाइएको अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । दैनिक १४ जनाको डायलासिस हुँदै आएकोमा सेवा अवधि थप भएपछि अहिले यसमा दोब्बरले वृद्धि भई दैनिक २८ जनाले यो सेवा पाउन सक्ने निर्देशक बस्नेतले बताउनुभयो ।

यो अस्पतालमा पच्चीस वर्षअघि डायलासिस सेवा सुरु भए पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समय कुर्दा पनि पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता थियो, निर्देशक बस्नेतले भन्नुभयो, “स्वास्थ्यमन्त्री गगन थापाले देशभर डायलासिस सेवा बढाउने भनेपछि वीर अस्पतालले पनि बिरामीलाई थप सेवा दिन र सेवा नपाएर कसैले पनि फर्कन नपरोस् भनेर आइतबारदेखि २४ सै घन्टा यो सेवा सुरु गरिएको हो ।”

अहिले वीरमा हप्तामा नियमति रुपमा ४२ जनाले डायलासिस गराउँदै आएका छन् । यसै वर्षमात्रै सरकारले सम्पूर्ण डायलासिस सेवा पूर्णरुपमा निःशुल्क गरेको छ । देशभरका सरकारी र निजी गरी ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ । सरकारी अस्पतालमा २४ सै घन्टा यो सेवा सुरु गर्ने वीर पहिलो अस्पताल हो ।

वि.सं.२०७३ पुस २० बुधवार १४:०३ मा प्रकाशित

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य...

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । काठमाडौँको बागबजारमा एक महिलाको हत्या भएको छ ।...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्...

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

काठमाडौं । नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा...

काठमाडौंको मखन गल्लीमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखन गल्लीमा आगलागी, एक जनाको मृत्यु

  काठमाडौं । काठमाडौंको मखन गल्लीमा रहेका दुई घरमा आगलागी...