back

बहराईनका तमुले च्या ल्हो पर्व मनाए

वि.सं.२०७३ पुस २१ बिहीवार

819 

shares

baharain1

कृष्ण सारु मगर,मानमा बहराइन । “प्ये म्हस्याँक्ष्याम्हमु, क्ष्याम्हस्याँल्हु म्हमु, ल्हु म्हस्याँम्हिम्हमु“भन्ने मुल नाराका साथ १५ पुसका दिन बहराईनको राजधानीमान स्थित डेलमोन इन्टरनेश्नलहोटलको प्राङ्गणमा गुरूङ समुदायहरूको महानपर्व भव्य रुपमा मनाइएको छ ।
दूतावासका श्रम सहचारी जगदिश चन्द्र शिवाकोटीको प्रमुख अतिथ्यतामा तमु ल्होसार राष्ट्रिय पर्वलाई विविध साँस्कृतिक कार्यक्रम गरि भब्य रुपमा मनाइएको छ ।
शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए, संस्कृति र परम्परा हराउँछ, मान्छेको ईतिहास, पहिचान, अधिकार, अस्तित्व र महत्त्व सुनिश्चित भएमात्रै राष्ट्रिय एकता बलियो हुने धारण राख्दै वक्ताहरूले १५ पौष राष्ट्रिय पर्व तमु ल्होसारको शुभकामना दिए ।
“च्या ल्हो“ मा प्रवेश गरेका तमुहरूलाई क्रमशः सु–स्वास्थ्य तथा दिर्घायूको कामना सहित स्याई गरे । समाजका राजित तमु र दिपक गुरूङले संयुक्त रूपमा संचालित सांस्कृतिक कार्यक्रममा तेस्रो मुलुक (बिङ्गो ग्रुप) का बाल कलाकारको समेत प्रस्तुति रहेको थियो ।
ल्होसारमा आदिवासी जनजाति महासंघमा आवद्ध लिम्बु समुदायको चर्चित च्याब्रुङ, साकेला, तामाङको, सेलो मगरको प्रख्यात कौडा नृत्य, अन्तराष्ट्रिय नेपाली कलाकार समाजले राष्ट्रिय लोक तथा दोहोरी गीत, अन्तराष्ट्रिय नेपाली कलाकार मञ्च र हिमालयन हर्टको विभिन्न प्रस्तुतिहरु सहित विभिन्न मातृ संस्थाका कलाकारहरुले आ–आफ्नै परम्परागत जातीय पहिचान झल्काउने पोषाकमा मौलिक कला र संस्कृति झल्किने नृत्य तथा गीत, संगीत पारखी, कलाप्रेमी दर्शक तथा श्रोताहरुलाई भरपुर मनोरञ्जनले आनन्दित बनाएको समाजका प्रवक्ता अमर जंग गुरूङले बताए ।
प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि र सभाध्यक्षले गीतकार बचन राईको (बचन) एल्बमलाई सोही कार्यक्रममा लोकार्पण गरिएको थियो । वरिष्ठ अतिथिमा समाजका संस्थापक तथा संरक्षक गम ब. तमु गुरूङ, रहेका थिए । विशेष अतिथिमा नेपाली दूतावासका तृतीय सचिव अमृत लोप्चन तामाङ, ने.आ.ज. महासंघका अध्यक्ष काजीथापा मगर, विभिन्न महासंघमा आवद्ध मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, गैरआवासीय नेपाली संघका उपाध्यक्ष लाल प्रसाद पुन मगर, समाजका वरिष्ठ सल्लाहकार दीपक तमु गुरूङ, प्रमुख सल्लाहकार ज्ञानेन्द्र तमु गुरूङ, ने.वे.सोसाईटीका अध्यक्ष शालिकराम पन्त लगायत विभिन्न पेशा, व्यावसायिक एवं विशिष्ट ब्याक्तित्वहरू रहेका थिए । अन्य कृयाशिल विभिन्न वर्गीय, क्षेत्रीय, धार्मिक, संस्कृतिक संघ संस्था संगठनका प्रमुख तथा प्रतिनिधि, स्थानीय पत्रकारहरूलाई अतिथि ग्रहण गराएको थियो ।
समाजका उपाध्यक्ष शंकरमान तमु गुरूङको स्वागत तथा सचिव राजु तमु गुरुङको संचालनमा संपन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष नरेन्द्र घले गुरूङले गरेको थियो ।

वि.सं.२०७३ पुस २१ बिहीवार १०:०६ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...