२३ पुस, गुल्मी । जंगलमा घाँस काट्न गएकी कराड्गतुड्ग कि महिला पुर्णकला क्षेत्री को शव फल्लाटको जंगलमा भेटिएपछि स्थानीयमा त्रास बढेको छ ।
कराड्गतुड्ग निवासी कर्ण बहादुर क्षेत्री की श्रीमती पुर्णकलाको शव घाँटी फोरिएको अवस्थामा यहि पौष १८ गते साँझ फल्लाटको जंगलमा फेला परेको थियो ।
“शवको प्रकृति हेर्दा बाघले झम्टिएर घाँटी फोरेर मारेको हो । यो घटनामा कुनै मानवीय संलग्नता छैन ।” भुर्तुड्ग प्रहरी कार्यालयका सम्पर्क ईन्चार्ज यादवले भने । ” मान्छे नै आक्रमण गर्ने नरभक्षी बाघलाई पक्रेर नलगेसम्म हामी ढुक्क हुन सकिन्न । त्यो बाघलाई पक्रन प्रशासनले तदारुकता देखाउनु पर्छ ।” स्थानीय सुर्य बहादुर क्षेत्रीले भन्नु भयो ।”
“बाघ कराउने बाख्रा हराउने” भनेझै एकातिर जंगलमा महिलाको लास भेटिनु र गाँउमा दिन दहाडै हतियार बोकेका मान्छे देखा पर्नाले स्थानीयमा त्रास रहेको छ । यो बिषयमा प्रशासन पनि चनाखो हुन जरुरी छ ।
वि.सं.२०७३ पुस २३ शनिवार ०३:३० मा प्रकाशित