back

हातहतियारसहित डाका गाउँमा पसेको भन्दै स्थानीयबासी त्रसित

वि.सं.२०७३ पुस २३ शनिवार

675 

shares
IME Limited
NTC AD

karatung-gauदेबेन्द्र केसी, २३ पुस, छापचौर, नयाँदिल्ली । हातहतियार सहित चोरहरु गाँउ पसेको हल्ला सुनेपछि भुर्तुड्ग गाविस, कराड्गतुड्गका स्थानीयहरु त्रसित बनेका छन ।
गाँउलेहरुले पालैपालो गरेर मुख्य बाटो र टोलहरुमा गश्ती गरिरहेका छन । कराड्गतुड्ग पोखरी डाँडा निवासी जित बहादुर क्षेत्रीले भरुवा बन्दुक र खुकुरी लिएका तिनजना मुख छोपेका चोरहरु भवराँको चौरमा देखेको सुचना दिएपछि गाँउमा त्रास बढेको हो ।
गाँउलेहरुले संयुक्त गश्ती गर्न छापचौर स्थित प्रहरी प्रशासनलाई खबर गरेपनि शुक्रबार अपराह्न मात्र गाँउ पुगेको थियो प्रहरी । “हाम्रो टोली दिनभरि स्थानीयको साथमा पलुवा, भवँरा , पोखरीडाँडा , केराउछरे, फल्लाट र कराड्गतुड्ग पुग्यो तर त्यस्तो गतिविधि कतै देखिएन बरु बाघको त्रास र बिगबिगी देखियो । सर्वसाधारणलाई निर्धक्क रहन र आवश्यक परे प्रहरीलाई खबर गर्न लगाएर हामी फर्कियौ” भुर्तुड्ग प्रहरी ईन्चार्ज असई भेषराज यादवले भने ।
“हामीहरु टोली बनाएर कराड्गतुड्ग स्कूल, कमेरापानी र करानथाना मा टोली बनाएर गश्ती गरिरहेका छौ । प्रशासनले केहि परेमा बोलाउन भनेको छ” कराड्गतुड्गका प्रदिप केसीले भने । सबै भन्दा त्रास बुढाबुढी र महिलाहरुमा रहेको छ । चोरको डरले स्थानीय जंगल पनि जान छोडेका छन ।

वि.सं.२०७३ पुस २३ शनिवार ०३:३३ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...