back

कविताः भाग्य

वि.सं.२०७७ कात्तिक ८ शनिवार

177 

shares
NTC AD
Global IME AD

अनगिन्ती गोरेटाहरू पार गरेर
असंख्य,
सफलता र असफलताको सिँढी
उक्लदै र ओर्लदै
निरन्तर र अविरल
गन्तब्यको खोजीमा भौतारिएको छु ।
कहिले,
घटना र दुर्घटनालाई काखी च्यापेर
कहिले,
आमाको पोल्टाको मकै चपाउदै
उकाली रओह्राली हिंडेको छु ।
गाउँमा बूढी आमालाई
एक्लै छोडेर, शहर पसेको पनि
धेरै भो…….र
यो सुख भोगी शहरमा
कसको आवस्यकता कति छ
थाहा थिएन
आफूलाई सरकारी अड्डा अदालतको
टिप्पणी र आदेशमा जोड्न सकिन
योग्यता तोड्न सकिन त्यसैले,
दुःख भागमा परेको छ ।
यस्तो यो लाग्छ जिन्दगी
कसाईको हातमा पर्न लागेको
बूढी भैंसी भएको छ
अनि,
लाग्छ मेरो भाग्य
कसाईले उजाउँदै गरेको
धारिलो चुप्पी भएको छ ।

वि.सं.२०७७ कात्तिक ८ शनिवार ०९:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...