back
CTIZAN AD

प्राधिकरण कार्यालय भवन शिलान्यास

वि.सं.२०७३ पुस २४ आइतवार

1K 

shares

 २४ पुस,काठमाडौँ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले काठमाडौँ महानगरपालिका–३२ टङ्कप्रसाद घुम्तीमार्ग, अनामनगरमा निर्माण गर्न लागिएको काठमाडौँ उपत्यका विकास प्राधिकरणको कार्यालय भवन शिलान्यास गर्नुभएको छ ।

तीन रोपनी चार आना एक दाम क्षेत्रमा रु २० करोड ६३ लाखको लागतमा निर्माण गर्न लागिएको पाँचतले सो भवन भवन २०७६ साल सम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

उपत्यकालाई अझै सुधार गर्न मन्त्रालयले तयारी गरिरहेको छ भन्दै मन्त्री केसीले निर्माणाधीन प्राधिकरणको भवनलाई तदारूकताका साथ समयमै सम्पन्न गर्नसमेत निर्देशन दिनुभयो ।

सहरी विकास राज्यमन्त्री मिठू मल्लले राजधानी काठमाडौँ मात्र भन्दा पनि नेपालका अन्य सहरको सौन्दर्यलाई समेत सुधार गर्नुपर्छ भन्नुभयो ।

सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र प्राधिकरणका आयुक्त डा भाइकाजी तिवारीले भवन निर्माण कार्य समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ पुस २४ आइतवार ०९:४१ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...