back

कविता: प्रिय दुश्मन ! भाग (एघारौं)

वि.सं.२०७७ कात्तिक १५ शनिवार

213 

shares
NTC AD
Global IME AD

बोल्नै नहुने झुठो कुरा
तिमी बोलिरहेका छौ
कि-म बोलिरहेको छु ।

गर्नै नहुने गल्ती
तिमीले गरिरहेका छौ
कि-मैले गरिरहेको छु ।

सोच्नै नहुने गलत
तिमीले मलाई सोचिरहेका छौ
कि-मैले तिमीलाई सोचिरहेको छु ।

हुनै नहुने नियत
तिम्रो खराब छ
कि-मेरो खराब छ ।

हुनै नहुने ‘आँखा लोभी-मन पापी’
तिम्रो छ
कि-मेरो छ ।

गर्नै नहुने असीम ईष्र्याले ज्युँदै
तिमी जलिरहेका छौ
कि-म जलिरहेको छु ।

हुँदै नहुने ‘पानीमाथिको ओभानो’
तिमी हुन खोजिरहेका छौ
कि-म हुन खोजिरहेको छु ।

हाल्नै नहुने दुनियाँको आँखामा छारो
तिमीले हालिरहेका छौ
कि-मैले हालिरहेको छु ।

गर्नै नहुने ‘जो चोर-उसैको ठूलो स्वर’
तिमीले गरिरहेका छौ
कि-मैले गरिरहेको छु ।

उत्तेजित भएको अन्धकार
स्खलित भएजस्तै अन्तिम प्रहरमा
तिमी स्खलित हुनेछौ
कि-म हुनेछु कुनैदिन … !

पचाउनै नहुने बुझ
तिमीले पचाइरहेका छौ
कि-मैले पचाइरहेको छु ।

लुकाउनै नहुने कुरा
तिमीले लुकाइरहेका छौ
कि-मैले लुकाइरहेको छु ।

गर्नै नहुने रिस
तिमीले मेरो गरिरहेका छौ
कि-मैले तिम्रो गरिरहेको छु ।

देखाउनै नहुने अहंकार
तिमीले देखाइरहेका छौ
कि-मैले देखाइरहेको छु ।

अप्रत्याशित आवेगमा आएको आकाङ्क्षा
बलियो गरि बाधिए जस्तै विवेकको धागोले
तिमी बाधिएका हुनेछौ
कि-म बाधिएको हुनेछु कुनैदिन … !

काट्नै नहुने कुरा
तिमीले मेरो काटिरहेका छौ
कि-मैले तिम्रो काटिरहेको छु ।

चाट्नै नहुने आफ्नै तलुवा
तिमीले चाटिरहेका छौ
कि-मैले चाटिरहेको छु ।

गर्नै नहुने कुतर्क
तिमीले गरिरहेका छौ
कि-मैले गरिरहेको छु ।

छोड्नै नहुने धर्म
तिमीले छोडिरहेका छौ
कि-मैले छोडिरहेको छु ।

उभिएर समयको कठघरामा
संगीन प्रश्नको जवाफ
तिमीले दिनुपर्नेछ
कि-मैले दिनुपर्ने छ ।

हुनै नहुने चरम हीनताबोधले ग्रसित
तिमी भैरहेका छौ
कि-म भैरहेको छु ।

बोक्नै नहुने कुण्ठाको गह्रुङ्गो भारी
तिमीले बोकिरहेका छौ
कि-मैले बोकिरहेको छु ।

‘न्याउरी मारी पछुतो’
कुनैदिन तिमीलाई हुनेछ
कि-मलाई हुनेछ ।

गाठी कुरा तिमीलाई थाहा छ
कि-मलाई थाहा छ ।
यदि ज्युँदो अस्तित्वमा बाँचिरहेको छ भने
अहिलेसम्मकै अदृश्य भगवानलाई थाहा छ ।

लिनेछ समयले अन्तिम परीक्षा
तिम्रो पनि र मेरो पनि
खरो उत्रिने छौँ त्यतिबेला
तिमी कि-म ।

प्रिय दुश्मन !
तिमी आफैंले भनिरहेका हुन्छौ-
‘बाँकी सबैलाई छलेर पनि
कदापि छल्न सकिदैन स्वयं आफैंलाई … !’

वि.सं.२०७७ कात्तिक १५ शनिवार ०९:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...

कविता : नयाँ बर्ष

कविता : नयाँ बर्ष

भूपाल अधिकारी, बिराटनगर सही सोच राखौँ न उल्टाहरूले , सधैँ...