back

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीमा विभिन्न पदमा जिम्मेवारी हेरफेर

वि.सं.२०७७ कात्तिक १७ सोमवार

150 

shares
NTC AD
Global IME AD

१७ कात्तिक, कास्की । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपाल जिल्ला शाखा कास्कीको प्रथम वार्षिक साधारणसभाले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरेको छ ।

साधारणसभाले सङ्घको उपाध्यक्षमा सागर कार्की, सहसचिवमा राजन सुवेदी र सहकोषाध्यक्षमा रिजन बस्ताकोटीलाई चयन गरेको छ ।

त्यस्तै सङ्गठन विभाग प्रमुखमा ईश्वरराज भण्डारी, अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक विभाग प्रमुखमा प्रकाश सापकोटा र प्रचारप्रसार एवं सङ्घसंस्था समन्वय प्रमुखमा ऋषिराम बाँस्तोला लाई चयन गरेको सङ्घले जनाएको छ ।

साधारणसभामा राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष अधिकारीले कलाकारको पेशागत हकहितका लागि क्रियाशील बन्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ गण्डकी प्रदेशका महासचिव कृष्णप्रसाद गौतम, कास्की जिल्ला सल्लाहकार कृष्ण रानाभाट, स्याङ्जा जिल्ला अध्यक्ष पूर्ण वाग्ले, वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठ, सदस्य सागर कार्कीलगायतले सङ्गीतकर्मीको एकताबद्ध प्रयासले सङ्गीतका क्षेत्रको संस्थागत विकास सम्भव हुने धारणा राखे ।

कास्की जिल्ला अध्यक्ष ऋषिराम दाहालद्वारा प्रस्तुत सङ्घको आर्थिक एवं साङ्ठनिक प्रगति तथा भावी योजनालाई साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।

त्यस्तै आगामी शनिबार पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आकस्मिक रक्तदान कार्यक्रम गर्न प्रकाश सापकोटाको संयोजकत्वमा ईश्वरराज भण्डारी, कपिल श्रेष्ठ, सपना सुनार, रिजन बस्ताकोटी सदस्य रहनुभएको समिति गठन गरेको प्रचारप्रसार विभाग प्रमुख ऋषिराम बाँस्तोलाले जानकारी दिए। रासस

वि.सं.२०७७ कात्तिक १७ सोमवार ११:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पोखरामा भएको सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

पोखरामा भएको सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ...

गोरखाका यी पाँच पालिकाले सार्वजनिक पदमा रहेका व्यक्तिलका लागि गरे यस्तो निणर्य…

गोरखाका यी पाँच पालिकाले सार्वजनिक पदमा रहेका व्यक्तिलका लागि गरे यस्तो निणर्य…

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले...

मान्छेसँग बोल्लान् झै लाग्ने खालका ढुङ्गाको आकृतिले पर्यटकलाई तान्दै

मान्छेसँग बोल्लान् झै लाग्ने खालका ढुङ्गाको आकृतिले पर्यटकलाई तान्दै

दमौली (तनहुँ) । नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा...

एक रुपैयाँ बचतबाट बन्यो आमा समूहको आठ करोडको पुँजी

एक रुपैयाँ बचतबाट बन्यो आमा समूहको आठ करोडको पुँजी

तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले...

मेलाका गीत ‘एक पैसो कैलेलाई ? चैतेदसैँलाई…’

मेलाका गीत ‘एक पैसो कैलेलाई ? चैतेदसैँलाई…’

गण्डकी । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

ढोरपाटन (बागलुङ) । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका...