back

बहुप्रतिक्षित नहर सञ्चालन

वि.सं.२०७३ पुस २५ सोमवार

687 

shares

 २५ पुस,भद्रपुर । झापाको बाहुन्डाँगी गाविस क्षेत्रलाई लक्षित गरी १० वर्षअघि सुरु भएको सिद्धिखोला सिँचाई योजना आजबाट सञ्चालनमा आएको छ ।

करिब रु४४ करोडको लागतमा २०६३ सालमा सुरु भएको निर्माण कार्य सम्पन्न भइ कृषकको खेतमा पानी जान थालेपछि स्थानीय कृषक उत्साहित भएका छन् ।

लगभग २१ किलोमिटर लामोे सो नहरमा १३ वटा शाखा छन् भने एक हजार ७०० हेक्टर जग्गामा सिँचाइको भरपर्दो व्यवस्थाले कृषकमा खुसी आएको हो ।

बाहुन्डाँगी गाविसको ५ नं वडाबाहेक सबै वडामा पानी पुग्ने व्यवस्था मिलाइएको छ ।

नहरमा १ दशमलव ५ क्यूसेक पानी आउने र यो नहरले बाहुन्डाँगी क्षेत्रमा करिब तीन हजार हेक्टर जग्गामा पानी पुग्ने क्षमता रहेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

भौगोलिक विकटताका कारण पहाडको भित्ता चिरेर पक्की नहर निर्माण गर्नुपरेकाले योजना सम्पन्न गर्न समय लागेको प्रमुख डिभिजन इन्जिनियर ईश्वरीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँले यो नहरलाई पूर्णरुपमा व्यवस्थित गर्न सरकारले कम्सेकम पाँच वर्षका लागि एएमआइएसमा राख्नुपर्ने सुझाव दिनुभयो ।

नहरलाई व्यवस्थित रुपमा सञ्ंचालन एवम् रेखदेख गर्न सिँचाइ विकास डिभिजन कार्यालयले नियुक्त गरेको आठ कर्मचारीलाई नहरबाट आउने पानीको पालो मिलाउने र कृषकको खेतसम्म पानी पु¥याउन काम गर्ने जिम्मेवारी दिइएको छ ।

सिद्धि खोला सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष हरि चौलागार्इंले लगभग ४७ हजार जनता र एक हजार ७५० घरधुरी रहेको बाहुन्डाँगी गाविसका जनता यो नहरबाट लाभान्वित हुनुका साथै उत्पादन बृद्धि हुनेमा जोड दिनुभयो ।

लामो समय लगाएर र धेरै खर्च गरेर निर्माण गरिएको यो नहरलाई दुरुस्त राख्न उपभोक्ताको पनि जिम्मेवारी बढेको प्रतिक्रिया पनि उहाँले दिनुभयो ।

त्यस्तै, ४ नं शाखाका जल उपभोक्ता समितिका अध्यक्ष हेमलाल गुरागार्इंले नहर निर्माण भएकामा खुसी व्यक्त गर्दै अब कृषकले जमिनबाट कसरी अत्यधिक लाभ लिने भन्नेमा लाग्न कृषकलाई आग्रह गर्नुभयो । आफ्नै खेतमा पानी रेखदेख गरिरहेका कृषक कृष्णबहादुर प्रधान र प्रभाखर पौडेलले नहर निर्माण भएकै कारण हिउँदको समयमा हाम्रो खेतमा पानी आएको हो नत्र भने कृषकले लगाउने बालीमा पानीको अभावले अपेक्षित लाभ लिन कठिनाइ हुने बताउनुभयो । रासस

वि.सं.२०७३ पुस २५ सोमवार ०७:५३ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...