२५ पुष, काठमाण्डौं । भिबोर सोसाईटी डेभलपमेन्ट बैंकले सर्लाहीको लालबन्दिमा रहेको आफ्नो कार्यालय स्थानान्तरण गरेको छ ।
ग्राहकवर्गमा सरल, सहज र अधिक पहुँचको दृष्टिले उक्त शाखालाई आइतबारदेखि साविक ठाउँबाट सोहि वडाको पश्चिमतर्फ स्थानान्तरण गरेको छ । २०७२ सालको बिनासकारी भुकम्पका कारण उतm कार्यालय भवनमा क्षति हुन गएकाले शाखा स्थानान्तरण गरिएको हो, बैंकद्धारा जारी बिज्ञप्तिमा जनाईएको छ ।
उतm शाखा स्थानान्तरण कार्यक्रमको समुद्घाटन गर्दै बैंकका अध्यक्ष श्री सुशिलराज पराजुलीले भिबोर सोसाइटी डेभलपमेन्ट बैंक हालसम्म देशका विकास बैंकहरुमा सबैभन्दा बढी चूक्ता पुँजि (रु.१८१.५० करोड) रहेको जानकारी गराउनु भएको छ ।
बैंकले आफ्ना शाखा कार्यालयहरु बाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ATM, ABBS, Mobile Banking लगायतका बैंकिङ्ग सेवाह? उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकी करण रपरिमार्जन गर्दै लगेको जनाएकोछ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका ४२ शाखा सञ्जालहरु र १ एक्सटेन्सन काउण्टरबाट आफ्नो बैकिङ्ग सेवाप्रदान गर्दै आएको पनि जनाएको छ ।
वि.सं.२०७३ पुस २५ सोमवार ११:२० मा प्रकाशित