back
CTIZAN AD

अर्घाखाँचीको बल्कोटमा चौतारीको नयाँ शाखा

वि.सं.२०७३ पुस २५ सोमवार

900 

shares

chautari-foto

बुटवल । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले अर्घाखाँचीको बल्कोटमा  शाखा कार्यालय स्थापना गरेको छ । शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी शिवाकोटीले उद्घाटन गरे । शाखा कार्यालयको उद्घाटन गर्दै उनले ग्रामीण क्षेत्रमा वित्तीय पहँुच पु¥याउनका लागि वित्तीय संस्थाहरुले लक्ष्यमा रहेर काम गर्नुपर्ने बताए । दुई चौथाई नेपालीहरु वित्तीय क्षेत्रको पहुँच बाहिर रहेको भन्दै उनले ग्रामीण क्षेत्रमुखी कार्यक्रम सञ्चालन गर्न वित्तीय संस्थालाई निर्देशन दिए । वित्तीय संस्थाको मूल लक्ष्य सबै जनतालाई वित्तीय साक्षरतामा केन्द्रीत हुनुपर्ने बताउँदै उनले ग्रामीण क्षेत्रको उत्पादनलाई आर्थिक विकासमा रुपान्तरण गर्नका लागि वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने बताए । राष्ट्र बैंकले वित्तीय संस्था सुधारका लागि नयाँ–नयाँ नीति बनाउँदै आएको उनले बताए । देशको लागि पनि केही गर्नुपर्छ भन्ने सोंचले पैसाको सदुपयोग गर्दै रोजगारीको विकासमा लाग्नुपर्ने समय आएको उनले बताए । नेपालको गरिबी निवारणका लागि लघुवित्त संस्थाले महत्वपूर्ण काम गरिरहेको बताउँदै उनले लघुवित्तह?लाई गाउँ घर केन्द्रित भएर कारोवार गर्न आग्रह समेत गरे । ४८ वटा लघुवित्तले सेवा दिइरहेको र ६० भन्दा बढी दर्ता प्रक्रियामा रहेको जानकारी दिँदै उनले चुनौतिलाई समाधान गर्न सके राम्रो प्रगति गर्न सक्ने बताए । चौतारी लघुवित्त वित्तिय संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले निकट भविष्यमा थप ७ वटा शाखा खोल्ने तयारी गरिरहेको बताए । उनले चौतारी लघुवित्त गाउँकेन्द्रित हुने बताउँदै नमूना लघुवित्तको रुपमा स्थापित गर्ने बताए ।

१० जिल्ला कार्यक्षेत्र भएको चौतारी लघुवित्त वित्तीय संस्थाले हाल आफ्ना सबै कार्यक्षेत्र अन्तरगतका जिल्लामा गरि १७ वटा शाखा सञ्चालनमा रहेको तथा ती शाखा कार्यालयवाट संस्थाले ९ हजार समुह सदस्य मार्फत ३० करोड लगानी गरिसकेको र  वित्तीय संस्थाको यहि पुष २ गते सम्पन्न प्रथम वार्षिक साधारण सभावाट ५ जिल्ला कार्यक्षेत्र थप एवं पूंजी वृद्घी सम्बन्धी प्रस्ताव पास गरेको वित्तीय संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत कमल वहादुर खत्री, जानकारी दिए ।

नेपाल राष्ट्र बैंकको स्वकिृती तथा कम्पनी रजिष्ट्रारको कार्यालयवाट स्वीकृत प्राप्त भए पश्चात यो वित्तीय संस्थाको कार्यक्षेत्र १५ जिल्ला र  अधिकृत पंूजी ३० करोड, जारी पंूजी १८ करोड तथा चुक्ता पंूजी १२ करोड ६० लाख पुग्ने बताईएको छ ।

वि.सं.२०७३ पुस २५ सोमवार ११:२९ मा प्रकाशित

Himalayan Life AD
नेप्से परिसूचक बीस अङ्कले घट्यो

नेप्से परिसूचक बीस अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्सद्वारा नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै...

पोखरामा ‘वाडा अटो शो २०२६’ आयोजना हुने

पोखरामा ‘वाडा अटो शो २०२६’ आयोजना हुने

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (WADA) ले ‘वाडा अटो शो...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

नेपाल बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि. बीच विशेष सहुलियत सम्झौता 

नेपाल बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि. बीच विशेष सहुलियत सम्झौता 

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं...