Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

सहमतिपछि महासङ्घ कार्यालयमा लागेको ताला खुल्यो



२५ पुस,बाबियाचौर (म्याग्दी)। नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको कार्यालयमा भएको तालाबन्दी सोमबार खुलेको छ ।

महासङ्घको शाखाका पदाधिकारी र जिल्लामा क्रियाशील पत्रकार सङ्गठनका प्रतिनिधिको उपस्थितिमा भएको छलफलमा दुईबुँदे सहमति भएपछि नेपाल प्रेस युनियनले लगाएको ताला खुलेको हो । सरकारी कर्मचारी, स्थायी शिक्षक र राजनीतिमा क्रियाशील व्यक्तिलाई शाखाले महासङ्घको साधारण सदस्यका लागि सिफारिस गरेको र क्रियाशील पत्रकारलाई पन्छाउन खोजेको भन्दै युनियनले तालाबन्दी गरेको थियो ।

सरकारी कर्मचारी र स्थायी शिक्षकलाई साधारण सदस्यताका लागि गरिएको सिफारिस रोक्ने र छुटेका क्रियाशील पत्रकारलाई समेटेर थप सिफारिस गर्ने सहमति भएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुरत केसीले बताउनुभयो । सहमति भएअनुसार महासङ्घको कार्यालयमा लगाइएको ताला खोलेको प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

कास्की । नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि

काठमाडौं । बागमती प्रदेश सरकारले सहुलियत ऋण लगानी कार्यक्रममा सहभागी हुन कृषक तथा विभिन्न

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको