back

स्वदेश फिर्तीका लागि भुटानी शरणार्थीको अपिल

वि.सं.२०७३ पुस २५ सोमवार

687 

shares
GLOBAL IME AD
NTC AD

 २५ पुस,दमक । भुटानी शरणार्थीको संस्था नेसनल रिकन्सिलेसन कमिटीले स्वदेश फिर्तीका लागि पहल गरिदिन भन्दै शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगसमक्ष अपिल गरेको छ ।

कमिटीले आज एक विज्ञप्ति जारी गरी अढाइ दशकदेखिको कष्टप्रद शरणार्थी बसाइको अन्त्य गर्दै स्वदेश फर्किन चाहनेलाई स–सम्मान तथा सुरक्षित स्वदेश फिर्तीका लागि सहयोग गरिदिन आग्रह गरेको हो । तेत्तीस शरणार्थीको हस्ताक्षर रहेको अपिलपत्र उच्चायोगको जेनेभास्थित कार्यालयमा पठाइएको कमिटी संयोजक कृष्णवीर तामाङले जानकारी दिनुभयो ।

कमिटीले स्वदेश फिर्तीका लागि निरन्तर सङ्घर्ष गर्दै आए पनि शरणार्थीलाई विभिन्न मुलुकमा पुनर्वास गराएर छिन्नभिन्न बनाएको आरोप पनि लगाएको छ । पुनर्वास कार्यक्रमअन्तर्गत भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास गराउने काम अन्त्यतिर आइपुग्दा स्वदेश फिर्तीका लागि उच्चायोग नै अन्तिम विकल्प भएको ती शरणार्थीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

शरणार्थी शिविरमा शरणागत जीवन बिताउँदै आएकालाई रासन–पानीसमेत बन्द गरिएकामा पनि कमिटीले आपत्ति जनाएको छ । रासस

वि.सं.२०७३ पुस २५ सोमवार ११:३८ मा प्रकाशित

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि ओझेलमा घोर्ले भिर

फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा...