back

यस वर्षको भूकम्प सुरक्षा दिवस साँखुमा

वि.सं.२०७३ पुस २५ सोमवार

801 

shares

२५ पुस,काठमाडौँ  । “भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार” भन्ने नाराका साथ माघ २ गते १९ औँ भूकम्प सुरक्षा दिवस मनाइने भएको छ ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको संयोजकत्वमा गठित १९ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी दिइएको हो ।

माघ २ गते आइतबार दिनको ११ः५५ बजे साँखुमा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रमको शुभारम्भ गर्नुहुनेछ । पाँच दिनसम्म साँखुमा भूकम्पीय सुरक्षासम्बन्धी प्रदर्शनी पनि आयोजना गरिने सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक एवम् प्रचारप्रसार उपसमितिका संयोजक मणिराम गेलालले जानकारी दिनुभयो ।

कार्यक्रममा सडक नाटक र जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिनेछ । प्रदर्शनीमा २२ कक्ष राखिने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निर्देशक विजयकृष्ण उपाध्यायले जानकारी गराउनुभयो ।

विसं २०६२ मा मुलुकका ५८ नगरपालिका, नगरपालिका घोषणा नभएका २८ वटा जिल्ला सदरमुकाम र ७६ वटा नगरोन्मुख गाविसमा राष्ट्रिय भवन संहिता लागू गरिएको थियो । ललितपुर उपमहानगरपालिकाबाट सुरु गरिएको यो कार्यक्रम हाल २१७ वटा नगरपालिकामा लागू गर्ने प्रस्ताव गरिएको छ ।

“भवन संहिताको कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ, यसका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिकाका कार्यकारी अधिकृतसँग परामर्श गरी दुई वर्षभित्र भवन संहिता लागू गर्ने कार्य अगाडि बढाएको छ”– महानिर्देशक गेलालले भन्नुभयो ।

योजनाबद्ध तरिकाबाट भवन संहितालाई लागू गर्ने प्रक्रियालाई कार्यान्वयन गर्ने आवश्यकता महसुस गरी छ महिनाभित्र भवनलाई भूकम्पीय दृष्टिकोणले मात्र नभई अन्य प्राकृतिक विपद्ले समेत सुरक्षित हुने गरी भवन निर्माण राष्ट्रिय कार्ययोजना नेपाल सरकारबाट स्वीकृत गराई कार्यान्वयनमा लगिने सो अवसरमा जानकारी गराइएको थियो ।

पुनःनिर्माण कार्यमा करिब ६० हजार तालिम प्राप्त निर्माणकर्मीको आवश्यकता छ । आवश्यकता पूर्ति गर्न सहरी विकास मन्त्रालयबाट निर्माणकर्मीको तालिममा एकरुपता ल्याउन भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम सञ्चालन कार्यविधि २०७२ स्वीकृत भएको छ ।

सरकारले विसं २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

वि.सं.२०७३ पुस २५ सोमवार १५:०० मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...