३ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विदेशी मुलुकका राजदूत र जासुसहरु नभई नहुने स्थिति प्रधानमन्त्री केपी शर्मा ओलि र उनको पार्टी नेकपाले बनाएको गम्भिर आरोप लगाएका छन् ।
नेकपाभित्र पछिल्ला दिनहरुमा आन्तरिक विवाद बढ्दै गएको समयमा चिनीया राजदूतले सक्रियता बढाएको समाचारहरु सार्वजनिक भैरहेको बेला उनले यस्तो आरोप लगाएका हुन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन् “
“१९५० को सुरुमा नेपालको क्याबिनेटमा बिदेशी राजदूतले भाग लिने प्रचलन केहि समय रहने अवस्था थियो भनेर भनिन्थ्यो अब ७० वर्ष पछि नेपालको राजनीति संचालन गर्न फेरि बिदेशी मुलुकका राजदुत र जासुसहरु नभई नहुने थितिको सिर्जना सम्माननीय प्रधानमन्त्रि ओली जी को सरकार र वहाको नेकपाले देशमा खडा गरेको छ के यहि नेकपाको रास्त्रबादीको पहिचान हो ?”
वि.सं.२०७७ मंसिर ३ बुधवार ०९:०७ मा प्रकाशित






























