back
CTIZAN AD

पार्टीप्रति गद्धारी हुने कुकर्म कसैले नगरुँ – डा. रावल

वि.सं.२०७७ मंसिर ३ बुधवार

969 

shares

३ मंसिर,काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य डा भिम रावलले गलत निर्णय गरेर देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न आग्रह गरेका छन् ।

नेकपाभित्रको विवादले पार्टी गम्भिर संकटमा पुगेको बेला नेता डा रावलले सामाजिक सञ्जालमा समस्याको समाधान बैठकबाटै खोजिनु पर्ने धारणा राख्दै ‘फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न’ आग्रह गरेका हुन् ।

सचिवालय बैठक बोलाउने सन्दर्भमा दुई अध्यक्षबीच गम्भिर टकराव भएको बेला उनले अहिलेको समस्याको समाधान सचिवालय बैठकबाटै खोज्नु पर्ने कुरामा जोड दिएका हुन् । उनले भनेका छन् ‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।’

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ५ जना सचिवालय नेताहरुले सचिवालयको बैठकलाई सुचारु गर्न आग्रह गरेका छन् । कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी  अध्यक्ष प्रचण्डले अध्यक्ष केपी शर्मा ओलिको कार्यशैलीप्रति सवाल उठाउँदै १९ पृष्ठ लामो प्रतिवेदन बुझाएपछि बैठक स्थगित भएको थियो ।

वि.सं.२०७७ मंसिर ३ बुधवार ०९:३१ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...