back

दुर्गमको एउटै गाउँमा ६६ वटा पसल

वि.सं.२०७३ पुस २७ बुधवार

792 

shares

२७ पुस, सोलुखुम्बु। दुर्गमको एउटा गाउँमा कतिवटा पसल हुनसक्लान् ? दुई÷चार वा बढीमा आठ÷१० वटा । तर सोलुखुम्बुको विकट गाविस गुदेलको पनि विकट गाउँ चाचालुङमा भने एउटै गाउँमा ६६ वटा पसल सञ्चालनमा रहेका छन् ।

गुदेल गाविस भवनबाट करिब ३ घन्टा टाढाको बाटोमा रहेको चाचालुङ गाउँमा दुईसय २३ घरधुरी रहेका छन् । त्यो बाक्लो बस्तीबाट अन्य गाउँमा पुग्नका लागि कम्तीमा २ घण्टा लाग्छ ।

त्यसैले अन्य कुनै पनि गाउँबाट त्यहाँ आवश्यक सामान किन्न आउँँदैनन्, तर गाउँकै दुईसय २३ घरका लागि ६६ वटा पसल रहेका छन् । अन्यत्र हिँड्ने बाटो पनि खासै नपर्ने भएकाले आवतजावत गर्नेले पनि त्यो गाउँमा सामान किन्दैनन्, तैपनि घरैपिच्छे जस्तो पसल सञ्चालनमा रहेका छन् ।

गाउँमा रहेको एउटै पसलमा चाउचाउदेखि चामल र सलाईदेखि जस्तापाता सबै पाइन्छ । एउटा पसलमा पसेपछि आवश्यकीय सबै सामान उपलब्ध हुने भएपनि धेरै पसल हुँदा व्यापार भने निकै कम हुने गरेको स्थानीय व्यापारी सरिमाया कुलुङ बताउनुहुन्छ ।

कृषि पेसामा आबद्ध त्यहाँका युवा धेरैजसो पर्यटकको भारी बोक्न जान्छन् र ट्रेकिङबाट फर्किएपछि पसलको सामान ल्याउने गरेको उनीहरुको भनाइ छ । पसल धेरै भएकाले कतिपयको सामान त एक वर्षसम्म बिक्री नभएर घरमै प्रयोग गरेर पनि सकिने गरेको पसल सञ्चालक नवीन कुलुङ बताउनुहुन्छ ।

प्रतिस्पर्धा भएकाले सस्तोमै सामान पाउँदा पसल नचलाउनेलाई सहज भएको छ । स्थानीय राजाराम कुलुङ भन्नुहुन्छ, “चाचालुङमा पसल गर्ने फेसन नै चलेको छ, वल्लो घरमा पनि पसल, पल्लो घरमा पनि पसल, सहर जस्तै छ, तर किन्नेहरु आक्कल झुक्कल मात्र आउँछन्, किन्नेलाई त फाइदा छ ।” चाचालुङमा पसलको सामान किन्नका लागि जिल्लाको नेले बजारबाट भरियालाई बोकाएर एकोहोरो तीन दिनभन्दा बढीको बाटो प्रतिकेजी रु ५० सम्म ज्याला तिर्नुपर्छ ।

महँगो ढुवानी भाडा तिरेर गाउँको पसलमा लगेको सामान दुई÷तीन वर्षसम्म पनि बिक्री नभएर त्यत्तिकै बसेको हुन्छ, चाउचाउ, बिस्कुटजस्ता धेरैजसो खाद्य वस्तु उपभोग्य म्याद सकिएको हुन्छ । तर, पनि याममा चार महिना ट्रेकिङ जाने युवा बाँकी आठ महिना गाउँमा बस्दा काम हुन्छ भन्दै पसल थप्ने क्रम अझै बढिरहेको नवीन कुलुङ बताउनुहुन्छ । रासस

वि.सं.२०७३ पुस २७ बुधवार ०५:३४ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...