काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस कुनै हालतमा सरकारमा सहभागी हुन नहुने बताएका छन् । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी हुन कांग्रेसलाई आग्रह गरेको चर्चा बाहिरिएसँगै उनले यस्तो भनेका हुन् ।
ओलीसँगै मिलेर सरकारमा सहभागी हुनु कांग्रेसको निम्ति आत्महत्या जस्तै भएको केसीको टिप्पणी छ । ओली नेतृत्वको सरकार भ्रष्टाचारका कारण निकै बदनाम भएको भन्दै नेता केसीले बदनामीको भारी बोक्न नहुने बताए ।
प्रम ओलीले नेका सँग सयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ।स्थिरता,समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको,भ्रष्टाचारमा चुर्लुम्म डुबेका संग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेकाको निम्ति आत्महत्या हुने छ।उनीहरू टुटुन,फुटुन वा जुटुन यो उनकै समस्या हो।
— Arjun Narasingha Kc (@ArjunNarasingha) November 22, 2020
‘प्रम ओलीले नेका सँग सयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ’ उनले भनेका छन् ‘स्थिरता,समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको,भ्रष्टाचारमा चुर्लुम्म डुबेका संग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेकाको निम्ति आत्महत्या हुने छ।’
नेता केसीका अनुुसार सत्तारुढ नेकपाको आन्तरिक विवादमा कांग्रेसले सरोकार लिनु आवश्यक छैन् । साथै नेकपाको विवाद उनीहरुकै समस्या हो । ‘उनीहरू टुटुन,फुटुन वा जुटुन यो उनकै समस्या हो’, उनले भनेका छन् ।
वि.सं.२०७७ मंसिर ७ आइतवार १८:०४ मा प्रकाशित






























