back
CTIZAN AD

अमेरिकामा कोरोना संक्रमण नियन्त्रण बाहिर, संक्रमण र मृत्युको तथ्यांकमा नयाँ रेकर्ड

वि.सं.२०७७ मंसिर १० बुधवार

801 

shares

काठमाडौं । अमेरिका फेरि एक पटक कोरोना संक्रमणका कारण संकट उन्मुख देखिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार संक्रमण र मृत्युदरको तथ्यांकले दैनिक नयाँ रेकर्ड बनाउँदै लगेसँगै संकट उन्मुख देखिएको हो ।

जनाइएअनुसार पछिल्लो २४ घण्टामा मात्रै २ हजार बढि संक्रमितको मृत्यु भएको छ । जोन होपकिंस विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा मंगलबार मात्रै २ हजार १४६ को मृत्यु भएको थियो ।

मंगलबारको तथ्यांक ६ महिना यताकै सबैभन्दा बढि हो । यसको साथै कोरोना संक्रमणका कारण मर्नेको संख्या २ लाख ५९ हजार ९२५ पुगेको छ ।

साथै अमेरिकामा बितेको २४ घण्टामा मात्रै १ लाख ७२ हजार ९३५ संक्रमित भेटिएका थिए । जससँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड २५ लाख ९१ हजार १६३ पुगेको छ ।

केहि राज्यमा कर्फ्यु

संक्रमितको संख्या र संक्रमणबाट मृत्यु हुनेको संख्या आक्रामक बढेसँगै अमेरिकाका कतिपय राज्यले भने कर्फ्यु नै लगाउन सुरु गरेका छन् । क्यालिफोर्निया र ओहायो राज्यले संक्रमण नियन्त्रण गर्न यस्तो उपाय पुनः प्रयोग गरेका छन् ।

क्यालिफोर्नियामा रातको समय हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ भने ओहायोमा समुहमा हिँडडुलमा कडाई गरिएको छ ।

जनाइएअनुसार सबैजसो प्रान्तले मास्क भने अनिवार्य गरेका छन् । पछिल्लो संक्रमणको नयाँ रेकर्डसँगै मास्क नलगाउनेलाई कारबाही सुरु गरिएको छ ।

वि.सं.२०७७ मंसिर १० बुधवार १५:५६ मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...