
१० मङ्सिर, काठमाडौँ । भारतीय क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान रोहित शर्मा र फास्ट बलर इशांत शर्मा अष्ट्रेलिया विरुद्धको पहिलो र दोस्रो टेस्टबाट बाहिरिएका छन ।
दुवै खेलाडी इन्डियन प्रिमियर लिग (आईपिएल) मा चोटिल हुन पुगेका थिए । रोहित शर्माले त्यहीँ चोटको कारण आईपिएलका केही खेल गुमाएका थिए । त्यसैगरि इशांत शर्मा आईपिएल सुरु हुनु अघि नै प्रशिक्षणका क्रममा चोटिल भएका थिए र आईपिएलबाटैँ बाहिरिएका थिए । त्यहीँ चोटको कारणले गर्दा दुवै खेलाडीले अष्ट्रेलिया विरुद्धको पहिलो र दोस्रो टेस्टबाट बाहिरिनु परेको छ ।
केही दिन पछि दुवै खेलाडी अष्ट्रेलिया तर्फ प्रस्थान गर्ने छन । अष्ट्रेलिया विरुद्धको तेस्रो टेस्ट खेलका लागि दुवै खेलाडी उपलब्ध रहेको बिसीसीआईले जनाएको छ ।
दुवै खेलाडी अहिले भारतमै रहेका छन भने भारतीय क्रिकेट टिम अष्ट्रेलिया विरुद्धको टि २०, एकदिवसीय र टेस्ट श्रृखलाका लागि अष्ट्रेलियामै तयारी गरिरहेको छ ।