Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

सिद्धिविनायक सामुदायिक वनमा आगलागी



१० मंसिर, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका– ४ स्थित सिद्धिविनायक सामुदायिक वनमा आगलागी हुँदा सो वनको डेढ हेक्टर वनक्षेत्रमा क्षति भएको छ ।

सो वनको डेढ हेक्टर क्षेत्रमा मङ्गलबार आगलागी हुँदा करीब एक हजार ५०० देखि दुई हजारसम्मका साना बिरुवा तथा ठूला रुखलाई असर परेको छ । साना बिरुवा जलेर नष्ट भए पनि ठूला रुखलाई सामान्य असर पारेको स्थानीयवासीले बताएका छन् ।

स्याउला र सोतर लिन वनमा गएका महिलाको लापरवाहीले आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधव काफ्लेले बताए । नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी तथा वन कार्यालयका कर्मचारीको सहभागितामा मङ्गलबार आगलागी नियन्त्रण भएको सिद्धिविनायक सामुदायिक वनका सचिव देवीप्रसाद सिंखाडाले बताए । वनमा आगलागी हुँदा साना तथा ठूला सयांै रुखबिरुवा जलेर नष्ट भएको छ । उनले भने,“समयमै पुगेका नेपाली सैनिक, प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगका कारण ठूलो क्षति हुनबाट जोगिएको छ । ”

जिल्ला वन कार्यालय जुम्लाका सहायक वन अधिकृत भावना शाहीले आगलागी हुँदा देवदियार तथा सल्लाका सयांै साना बिरुवा जलेर नष्ट भएको र अब चाँडै त्यहाँ वृक्षरोपण गरिने बताए । वनमा जाँदा सावधानी नपआनाएकै कारण वन क्षेत्र आगलागीको चपेटामा परिरहेकाले सबैलाई सचेत रहन वन कार्यालय जुम्लाले आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन