१० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ र दश रुपैयाँको नोट चलन चल्तीमा ल्याउने भएको छ । मंसिर १० गते बाट नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै ५ र १० रुपैयाँको नोट चलन चल्तीमा ल्याएको हो ।
बैंकले पहिलेकै रंग र आकारमा पाँच रुपैयाँको नोटमा संकेत नम्बर थ/३४ ०००००१ देखि न/५४९९९९९९ सम्म राखेर बजारमा पठाएको जनाएको छ ।
पाँच रुपैयाँको नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र बोर्डर लाइनमा वि.सं २०७६ लेखिएको छ । यस्तै पछाडिको भागको बोर्डर लाइनमा पनि 2020 AD लेखिएको छ ।
यसैगरि १० रुपैयाँको नोट पनि पहिलेकै रंग र आकारमा संकेत नम्बर ढ/८२ ०००००१ देखि द/ ४५ ९९९९९९ सम्म राखेर बजार पठाइएको राष्ट्र बैंकले जनाएको छ । नोटमा पहिले जस्तै अग्रभागको दायाँतर्फ लालीगुराँसको पानी छाप बायाँतर्फ सगरमाथा, गभर्नर महा प्रसाद अधिकारीको दस्तखत र बोर्डर लाइनमा वि.सं २०७६ लेखिएको छ । यस्तै नोटको पछाडिको भागको बोर्डर लाइनमा पनि 2020 AD लेखिएको छ ।