
पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक गुरु हुन् मोहनविक्रम सिंह । जब दाहालले सशस्त्र आन्दोलन सुरु गरे, त्यसपछि सिँहले भनेका थिए – दाहाल ‘क्यारीरीष्ट’ पदलोलुप हुन् । हरेक क्यारीरीष्टहरुले आफ्नो स्वार्थ पुरा गराउन वुझेसम्मका सवै हर्कत गर्न सक्छन् । दाहाललाई राजाले प्रधानमन्त्री बनाउछु भन्ने हो भने सब छोडेर दरबार पस्छन् ।
सिँहको यस भनाइलाई दाहालले डाक्टर बाबुराम भट्टराईको एक लेखमार्फत प्रमाणीतसमेत गराएका थिए । तत्कालीन राजा विरेन्द्रको वंशनास हुनेगरी भएको दरबार हत्याकाण्डपश्चात डा. भट्टराइले माओवादीको राजा विरेन्द्रसँग एकता थियो भनेरै एउटा लेखसमेत लेखेका थिए । उक्त लेखको दाहाल र उनले नेतृत्व गरेको तत्कालीन नेकपा माओवादीबाट खण्डन नभएकोले राजा–माओवादीबीच एकता थियो भन्नेमा प्रश्न गर्नु परेन ।
अर्को कुरो
दाहालको पछिल्लो दाउ पनि शक्तिको प्राप्तीभन्दा बढि केहि होइन । ओलीले पटक–पटक भन्ने गरेको ‘कहिँ पे निसाने कहि पे नजरे’ यहाँ दाहालले प्रयोग गरेका हुन् । दाहालको मिसन सुरुमा पार्टी सत्ता र अन्तिम राजकीय सत्ता नै हो ।
पछिल्ला केहिदिन यता दाहाललाई महादानी भनेर चर्चा गराइएको छ । राष्ट्रपतीमा विद्यादेवी भण्डारीलाई निर्वाचित गर्ने दाहाल हो भनिदैंछ । प्रधानमन्त्रीमा हालका प्रम केपी शर्मा ओलीलाई थपक्कै कुर्सिमा राख्ने दाहाल नै हुन् भनेर एकथरी मान्छेहरु हत्केलाले सुर्य छोपेर अध्यारो भएको आत्मरती मनाइरहेका छन् ।
तत्कालीन शक्ति सन्तुलनको आवश्यकताले निर्माण गरेको वस्तुस्थीतिमा दाहालको दानी भुमीका कतै देखिदैन । बरु दाहालले आफुँले नसक्ने देखेपछि बाध्य भएर भण्डारी र ओलीलाई सर्मथन गरेका हुन् ।
फेरी नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले दाहाललाई नै प्रधानमन्त्रीमा निरन्तरता दिन चाहेका थिए तर, दाहालले नमानेर तत्कालीन नेकपा एमालेसँग कार्यगत एकता गर्न आए भनीएको छ । दाहालजस्ता चतुर खेलाडीले जोड घटाउ नजानेर यसो गरे होलान् भन्न सकिन्न । देउवाको समर्थनमा प्रधानमन्त्री हुनुभन्दा ओलीको दोश्रो तहको नेता बन्नु दाहाललाई लाभग्राही थियो । लाभ जताबाट हुन्छ दाहालले त्यहि गरेका मात्र हुन् । यसमा दाहालको त्याग कतैपनी देखिदैन । उनी त ओलीको अडानले हायल कायल भएपछि ओलीसँग जोडिन आएका मात्र हुन् । यसमा कतैपनी त्यागको पित्को पनि देखिदैन ।
रटान विधीको
पछिल्लो समय दाहालको जात्रामा विधीको रटान सुनिन्छ । फेरी पनी विधी मिचेर विधीकै कुरो गरिन्छ । पार्टी एकताको स्प्रीट मिचेर एकताकै कुरा यहाँ गरीन्छ । हिजो महाधिवेसनसम्म बहुमत अल्पमतका कुरा सुन्न नचाहानेहरु अहिले पाँच भाईको साझा दस्तावेजको नाउँमा ओलीलाई घेर्न उद्धत भएका छन् ।
अध्यक्षद्धयको सहमतीमा बैठक बोलाउन , एजेण्डा तय गर्ने विषय पो पार्टी एकतालाई वलियो बनाउने विषय थिए । तर, अध्यक्ष दाहालले यता तिर सोंचेको देखिदैन । अझ पछिल्लो पटक दाहालले ओली लक्षीत आरोप पत्र प्रकाशन गरेर एकता र विधीलाई देखिनेगरी लात हानेका छन । अर्थात दाहालले अगाडी सारेको विधीको रटान ओलीसँग शक्ति प्राप्तीका लागी गरेको बार्गेनिङ्गभन्दा बढि केहि होइन । देखाउने दाँत विधी चपाउने दाँत शक्तिको प्राप्ती दाहाल दाउ हो भन्न कुनै सोमबार कुर्न पर्दैन ।
निशाना सत्ता
वरिष्ठ वामपन्थी नेता मोहन विक्रम सिंहले भनेजस्तै दाहाल क्यारीरीष्ट नेता हुन् । यस्तो चरीत्र दाहालले पटक–पटक देखाई सकेका छन् । यस मानेमा दाहालको पछिल्लो दाउ पनि शक्तिको प्राप्तीभन्दा बढि केहि होइन । ओलीले पटक–पटक भन्ने गरेको ‘कहिँ पे निसाने कहि पे नजरे’ यहाँ दाहालले प्रयोग गरेका हुन् । दाहालको मिसन सुरुमा पार्टी सत्ता र अन्तिम राजकीय सत्ता नै हो ।
विगतमा मोहन विक्रम सिंहले छद्यम् नाममा पुष्पलाल लाल गद्धार हुन् भन्ने आरोप लगाए पनि उनले त्यसको कहिँ कतै प्रतिवाद गरेनन् । उनले त्यसको सच्याइ छुट्याउने जिम्मा सबैलाई छोडेजस्तै ओली जत्तीको नेताले पनि दाहाल आरोपको प्रतिवाद नर्गदा हुन्छ ।
गल्ती नगर ओली
दाहाल क्यरीरीष्ट नेता हुन् । उनी हावाको प्रवाहसँग बग्न रुचाउँछन् । हावा चले अनुसार बोल्ने र हावाको बेगले थँचारे न्यूरीमुन्टी लगाएर हाँस्ने बानी दाहालको छ । तर, यसको विपरीत ओली अडानी छन् ।
यसकारण ओलीले हतपत कमजोरी गर्दैनन् । पछिल्लो दाहाल आरोप पत्रमा दाहालले जुन निचता देखाएका छन, ओलीजस्ता अडानी नेताले त्यस्तै पत्र गाली गरेर आफुँलाई गिराउनु हुँदैन् । विगतमा मोहन विक्रम सिंहले छद्यम् नाममा पुष्पलाल लाल गद्धार हुन् भन्ने आरोप लगाए पनि उनले त्यसको कहिँ कतै प्रतिवाद गरेनन् । उनले त्यसको सच्याइ छुट्याउने जिम्मा सबैलाई छोडेजस्तै ओली जत्तीको नेताले पनि दाहाल आरोपको प्रतिवाद नर्गदा हुन्छ ।