
११ मंसिर, काठमाडौं । नेपाली सेयर बजार अहिले ४ वर्ष अगाडिकै अवस्थामा पुगेको छ । यस अघि २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्सेले नयाँ रेकर्ड राखेको थियो ।
त्यतिखेर नेप्से परिसूचक १ हजार ८ सय ८१ अंकमा पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो । त्यसपछि नेप्से घटेर ११ सयको हाराहारी सम्म पुगेको थियो ।
विहिवार भने नेप्सेले ४ वर्ष अगाडिको सो रेकर्डलाई तोड्दै १९२६.९२ बिन्दु सम्म पुगेको छ । नेपालको सेयर बजारको इतिहासमा यो हालसम्मकै उच्च अंक हो ।बिहीबारदेखि कारोबार शुुरु भएसँगै बढ्न थालेको नेप्से एक घण्टा नहुदै ४० अंकले बढेर १ हजार ९ सय भन्दा माथि पुगेको छ ।
नेप्सेमा कारोबार हुने व्यापार र म्युचुअल फण्ड बाहेक १२ बजेसम्म सबै समूह बढेको देखिएका छन् । कारोबार रकम पनि एक घण्टामै २ अर्ब नाघेको छ ।