काठमाडौं । ‘पहाडकी रानी’ भनिने मुलुककै ऐतिहासिक पर्यटकीय गन्तब्य तनहुँको बन्दीपुर मा निर्माण भैरहेको बन्दीपुर केवलकार सहितका परियोजनामा दुई बैकले लगानी गर्ने भएका छन । बन्दीपुर केवलकार प्रालि र नेपाल एसबिआइ बैंक लिको नेतृत्वमा एनएमबि बैंक लिमिटेडका बिच ऋण लगानीका लागि मंगलबार सम्झौता भएको हो ।
फाइनान्सियल क्लोजर अन्तर्गत बन्दीपुर केवलकार एण्ड टुरिजम परियोजनाको लागत १ अर्ब ६६ करोड ८९ लाख रुपियाँ मध्ये दुई चरणमा लगानी गर्ने समझदारी गरिएको दुबै बैंकले गरि १ अर्ब ५ करोड भन्दा बढी लगानी गर्नेछन । पहिलो चरण अन्र्तगत ७० करोड रुपिया लगानी हुने छ । त्यसबाट केवलकार, रेस्ट्रो जोन र रिक्रियशन सञ्चालनमा ल्याउने योजना रहेको बन्दीपुर केवलकार प्रालिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
यसैगरी दोस्रो चरणको होटेल सहितको पूर्वाधारलाई सञ्चालनमा ल्याउने गरि थप ३५ करोड रुपैयाँ कर्जा सुनिश्चिता गरिएको छ । बन्दीपुर केवलकार परियोजनाका लागि लगानीकर्ताका तर्फबाट आरकेडी रियल स्टेट एण्ड कन्स्टरक्सन लि र टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेडले ६१ दशमल ५ प्रतिशत, पन्चासे केवलकार एण्ड टुर्स लिमिटेडले २५ दशमलब ५ र बन्दीपुर गाउँपालिका लगायत स्थानीय लगानीकर्ताको १४ दशमलब ५ प्रतिशत लगानी गर्नेछन ।
‘निर्माणको चरणमा रहेको बन्दीपुर केवलकार सहितको पर्यटन परियोजनामा लगानीकर्ताको टुंगो लागेपछि परियोजना निर्माण कार्य समयमा नै सकिने बिश्वास लिएका छौ’, कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भने ‘गण्डकी प्रदेशको आकर्षक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न लागनी सम्झौता एउटा महत्वपुर्ण घटना सावित हुनेछ ।’
आगामी १० बर्ष भित्र बन्दीपुर अबधारणा देशब्यापी रुपमा स्थापित भैसक्ने र १० हजार माथिको रोजगारीको ग्यारेन्टी गर्ने महत्वकांक्षी योजना समेत बनेको अध्यक्ष शर्माले बताए । कम्पनीले स्थानीय शेयरधनीहरुलाई थप व्यवसायिक रुपमा प्रर्बद्धन गर्न ३ दशमलब ५ प्रतिशत ब्याज दर निर्धारण गरि २० करोड बराबरको सहुलियत पूर्ण कर्जा सुबिधा उपलब्ध गराउने घोषणा समेत गरेको छ । यस कर्जाको लागि बन्दीपुर केवलकारले यस अघिनै बैंक संग प्रस्ताब र जमानीको ग्यारेन्टी गर्ने बताईसकेको छ ।