back
CTIZAN AD

तीन दल मिले मुलुकले समाधान पाउने योगेशको विश्वास

वि.सं.२०७३ पुस २८ बिहीवार

843 

shares

२८ पुस, दाङ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रमुख तीन राजनीतिक दल मिल्नाको विकल्प नभएको बताउनुभएको छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले तुलसीपुरमा आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) एक ठाउँमा उभिने हो भने मुलुकले समाधान पाउने विश्वास व्यक्त गर्नुभयो ।

“तीन शक्ति एक ठाउँमा आउनेबित्तिकै देश संविधान कार्यान्वयनको दिशामा अघि बढ्नाका साथै मधेसी मोर्चाका माग पनि पूरा हँुदै जाने छ र सहमतिमा आउन पनि पे्रसर हुने छ”– भट्टराईले भन्नुभयो । अर्काे प्रसङ्गमा उहाँले विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको जनाउँदै चिन्ता व्यक्त गर्नुभयो ।

सो अवसरमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले विभिन्न माग समेटिएको सातबँुदे ज्ञापनपत्र नेता भट्टराईलाई बुझाउनुभएको थियो ।

ज्ञापनपत्रमा दाङमा रहेको एक मात्र टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन, इन्धन डिपो स्थापना, बहुआयामिक सुविधासम्पन्न सभागृह निर्माण, स्थानीय निकायको अविलम्ब निर्वाचन , तुलसीपुर अमिलिया तथा तुलसीपुर रुकुम सडकको स्तर वृद्धिलगायत माग छन् ।

वि.सं.२०७३ पुस २८ बिहीवार १५:४२ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...