कोरोना संक्रमणबाट आज २१ जनाको मृत्यु, मृतकको संख्या १५२९ पुग्यो

१६ मंसिर, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २१ जनाको मृत्यु भएको हो । आज थपिएका २१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५२९ पुगेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै, आजमात्रै २९ जनाको मृत्यु