Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

कमसेकम सपनामा आएर त ढाडस देऊ, साइल्दाइ



राजनैतिक रुपमा कसले कसलाई प्रयोग गर्न खोजिएको हुँदो हो मलाई पुरा थाहा भएन तर, चुनाव जितेपछि मलाई जुरुक्क उचालेर अवीर घस्ने साहिँलो दाइ नै थिए । त्यतिमात्र कहाँ हो, र वोकेखोलामा १० पढ्ने र एसएलसीको तयारी गर्ने साहिँलो दाइले ‘सरौंखोलाको नीलकण्ठलाई भोट हाल्नु’ भनेर विद्यार्थीहरूलाई भनेको मलाई धेरैजसोले सुनाइरहेका थिए । बैंश नआएको र उमेर नपुगेको व्यक्ति दुलाहा बन्दा हुने मनोविज्ञान भन्दा त्यतिबेला म टाढा त थिइन तर, म कम्युनिस्टहरूको प्रतिनिधि बन्दै छु भन्ने चाहिँ लागिसकेको थियो ।

हड्ताल खोज्दै सरौँखोला
‘ए भाइ, तिमी स्कुल गएर आको हो आज ? आज हाम्रो दाइहरू हड्ताल ल्याउने भन्दै भोर्ले गाको रे, तिमीहरूले भेट्यौं ?’ भोर्लेबाट यता आइपुग्नु भयो की भनेर हामी आको ।’

साँझको करिब पौने पाँच बजेतिर मेरो घर नजिकै सरौंखोलाको पुरानो रुद्राक्षको बोटनेर मलाई कसैले सोध्यो ‘मैले हो, अँ, स्कुलबाट आएर घरमा झोला राखेर भर्खर यता आएको हुँ’ भनेँ ।

त्यतिबेला हटियाका गोतामे साहिँलो भनेर सामान्य चिनेको मलाई कृष्ण गौतम बारे खासै जानकारी थिएन । माइल्दाइ (उदय) ढिलोसम्म नफर्केपछि कुनै अर्को साथीसँगै माइल्दाइ खोज्न साहिँलो दाइलाई पठाइएको रहेछ । दिउँसो हाफछुट्टीको बेला भोर्ले पुगेका हड्ताली माइल्दाइ र उनको टिम ‘असला र मसला’को कुरा गर्दै स्कुल स्कुल चहारेको कारण गोतामे बाको मनमा अन्यथा लागेर खोज्न पठाएको हो कि भन्ने मलाई लागेको छ ।

साइल्दाइसँग भन्दा माइल्दाइसँग पहिलो चिनजानी भएको मलाई याद छ । उहा ठुल्दाइलाई भेटन सरौँँखोला आउने गर्नुहुन्थ्यो । म कक्षा ५ मा पढ्दा जनता निमावि भोर्लेमा जान्थे । एकदिन एउटा मान्छेले तीन जना साथी लिएर भोर्ले स्कुल पुग्यो र हेडमास्टर (शायद गोविन्द सर) सँग विवाद गर्दै विद्यार्थीलाई लाईनमा निकालेर भन्यो (असला नकाटी मसला खान पाइदैन) ‘लय मिलाएर विद्यार्थीलाई आन्दोलनमा उतार्न चाहेको उसको अपिलले मेरो बालमनस्थितिलाई विद्रोही बनाउन उत्प्रेरित गरेको रहेछ । परिचित अनुहार मैले चिनिहाले । त्यसो त मेरो मामा रामप्रसाद भुसाल र दाइ दिनेश भुसालबाट पनि कम्युनिस्टका चर्का कुरा सुन्न पाइन्थ्यो ।

भोर्लेमा ७ सम्म पढ्ने धैर्यता नगरेर माया गर्ने कृष्ण पौडेल सरसँग मलिन हुँदै म हटिया पढ्न गए । एकदिन बोकेखोला हाइस्कुलबाट विद्यार्थीको हुल लिएर केही अग्रज दाइहरू हटिया स्कुल पसे । लाईनमा लगाएर नारा भट्याउन लगाए । पञ्चायत के हो ? फटाहाको अड्डा । गास–वास–कपास दे, नत्र सत्ता छोडिदे आदि इत्यादि । जेठको चर्को घाममा दिनेश भुसाल भरिलो स्वरले चिच्याएँ । उनै माइल्दाइका भाइ साहिँलो पनि सँगै भएपछि म पनि अखिल भनेरै चिनिन सुरु गरे ।

७ पास गरेर ८ मा गईयो । अखिलको राजनीति गर्न त्रिवेणी सहज भएको मनोविज्ञान एकातिर थियो भने अर्कातिर ‘संस्कृत पढेर किन पण्डित्याइँ गर्नु ?’ भन्दै आफू पनि बोकेखोला जाने मनशाय बनाएपनि ८ कक्षा हटिया नै पढे । बुवाका पाला र दाइहरूका पालादेखि घनिष्ठ सम्बन्ध भएको हाम्रो परिवारमा सुरुमा माइल्दाइ र पछि साहिँलो दाइसँग राजनैतिक र सांगठनिक अन्तरंग समेत बढ्दै गयो । हटिया स्कुलको रेडक्रसमा पञ्चायत समर्थक काङ्ग्रेस प्यानल की तत्कालीन कम्युनिस्ट (चौम) समर्थक प्यानल कसलाई जिताउने भन्ने विषयमा प्रत्यक्ष भीडन्त भयो । ठुल्दाइ (जयनारायण) को सहमति, उदय दाइको योजना र कृष्ण दाइको उत्प्रेरणाले म चुनावी मैदानमा उत्रेछु वा उतारिएछु ।
जुरुक्क उचालेर अबिर लगाइदिनु भो

मेरा मित्र बाइन्डाँडे जीवन र म समेत गरी ४ जना चुनावमा उठ्यौ । अरु सबैको जोडदा भन्दा मैले एक्लै बढी भोट ल्याएँ । ८ कक्षामा पढ्दा पढ्दै चुनाव लडीएको थियो । राजनैतिक रुपमा कसले कसलाई प्रयोग गर्न खोजिएको हुँदो हो मलाई पुरा थाहा भएन तर, चुनाव जितेपछि मलाई जुरुक्क उचालेर अवीर घस्ने साहिँलो दाइ नै थिए । त्यतिमात्र कहाँ हो, र वोकेखोलामा १० पढ्ने र एसएलसीको तयारी गर्ने साहिँलो दाइले ‘सरौंखोलाको नीलकण्ठलाई भोट हाल्नु’ भनेर विद्यार्थीहरूलाई भनेको मलाई धेरैजसोले सुनाइरहेका थिए । बैंश नआएको र उमेर नपुगेको व्यक्ति दुलाहा बन्दा हुने मनोविज्ञान भन्दा त्यतिबेला म टाढा त थिइन तर, म कम्युनिस्टहरूको प्रतिनिधि बन्दै छु भन्ने चाहिँ लागिसकेको थियो ।

यसअघि हटियालाई हाइस्कुल बनाउने विषयमा निकै भेला भएका थिए । चिठी बाडिएको थियो । शोभाकान्त रिजाल र म भोर्लेदेखि उरामसम्म चिठी बाँड्न हिँडेको याद छ मलाई । चिठी लिएर गइरहँदा भर्माखोला नेर कृष्ण दाइले भन्नुभयो,  ‘हाइस्कुल पनि बनाउनु पर्छ, अखिल पनि बनाउनु पर्छ ।’ दाइहरूको कम्युनिस्ट राजनीतिसँग केही काङ्ग्रेसीपात्र र विद्यालय प्रशासन चिढिए पनि निमाविलाई मावि बनाउन उहाँहरूको ठूलो भूमिका रह्यो । आम भेलालाई उत्साहित गराउने, युवा विद्यार्थीलाई उत्प्रेरित गराउने काममा कृष्ण दाइको ठूलो योगदान थियो । सायद, त्यसैकारण उहाँलाई एसएलसी र आईएड पछाडि त्यही पढाउन बोलाईयो ।

युवा क्लवका विधान लेख्ने र कमिटी बनाइदिने, आमा समूहहरूलाई उत्प्रेरित गर्ने, गाउँका छोरी बुहारीहरुको घाँस र दाउराको भारी बोकिदिएर उकालोमा सघाउने, अगेनामा मकै भुट्ने, गोठमा कुँडो पकाउने र कतिपय ठाउँमा बारीमा खनजोत र गोडमेलमा समेत जानुुहुन्थ्यो । श्रीमान् श्रीमतीका बेमेल र पारिवारिक झैझगडाका केही उदाहरण समेत सम्प्रेषण गर्नुहुन्थ्यो ।

म ८ पछि ९ पढ्न त्रिवेणी गए । म ९ कक्षामा त्यहाँ जाँदा उहाँ एसएलसी दिइसक्नुभएको थियो । सम्भवत २०४२ को फागुनको शिवरात्री (सेउरात्री) का बेला हो, अखिलको जिल्ला समितिलाई पैसा नभएपछि नायव साहेब नजिकै खोला वगरमा हुने मेलामा पैसा उठाउने योजना निर्माण भयो । कृष्ण दाइ बुटवल बाट घरमा आउनुभएको बेला पनि थियो । उहाँले ‘सुपो स्टेशन’ बनाएर हामीलाई उत्प्रेरित गर्नुभयो । मैले याद गरेसम्म त्यो प्रयासबाट जम्मा १७५ रुपैयाँँ उठेको थियो ।

२०४२ मा आइपुग्दा हामीले समर्थन गर्ने पार्टी मोटो र पातलोमा आइसकेको थियो । मैले जानेसम्म कृष्ण दाइ बुटवलबाटै मोटो मशालको सम्र्पकमा गइसक्नु भएको थियो भने हामी यता पर्वतमा अप्ठ्यारामा थियौँ । अहिले नेकपाका प्रभावशाली नेता देवेन्द्र पौडेल अखिलको पर्वत जिल्ला अध्यक्ष, भरत शर्मा उपाध्यक्ष तथा म, मित्र शर्मा, गुणाखर बस्याल, अर्जुन पाठक, मेघनाथ बसेल लगायतका ११ जना मध्ये भरत शर्मा एसएलसी पछि पाल्पा पढ्न जानुभयो भने ११ जनाको जिल्ला समितिमा देवेन्द्र पौडेलसहित पातलो मसालतर्फ ७ जना र म समेत गुणाखर, अर्जुन र मेघनाथ ४ जना मोटो मशाल समर्थक भएछौँ । उदय दाइको अभिभावकत्व र प्रत्यक्ष कमाण्ड लिइरहेको मलाई निकै ठूलो झट्का आयो । केन्द्रबाट पिताम्बर, नारायण तिवारी एवम् याम बहादुर बसेलले देव गुरुङलाई लिएर पर्वत जानुभयो । उहाँहरूले भन्नुभयो, ‘उदय जी व्यक्तिवादी समूहको भ्रममा हुनुहुन्छ, उहाँको भाइ त हामीसँग हुनुहुन्छ नि । भेलामै यस्तो कुरो आएपछि र कृष्ण गौतम दाइ स्वयम्ले समेत हो भनेपछि म २०४३ मा मोटो मशालतर्फको अखिल जिल्ला भेला आयोजक समितिको संयोजक बनेको थिएँ र पछि सम्मेलनबाट गुणाखर बस्याल अध्यक्ष बन्नुभएको थियो ।

घोषणा गरेको केही दिनसम्म उदय दाइले मलार्र्ई पातलैमा फर्काउनका लागि निकै प्रयास गर्नुभयो । तर, त्यतिबेला साहिँलो दाइले पातलो मसाल र मोहन विक्रमलाई गाली गर्न सिकीसक्नु भएको पनि मलार्र्ई सम्झना छ । उदय दाइले एकदिन अनेरास्ववियु छैठौका अध्यक्ष देवेन्द्र पौडेलले सही गरेको पत्र मलाई थमाउनु भयो र फेरि फकाउँदै भन्नुभयो र सँग सँगै एउटा कागजमा उत्तर लेख्ने व्यहोरा पनि दिनुभयो । मैले सम्झेसम्म त्यसमा लेखिएको थियो, ‘नेपाली क्रान्तिको लागि संगठित हुने क्रममा अज्ञानवश मध्यपन्थी समूहको सम्पर्कमा पुगेको र त्यहाँबाट क्रान्तिलाई फाइदा हुने नदेखि अ.ने.रा स्व वि यु (छैठौँ) मै फर्केको घोषणा गर्दछु ।’ यो मैले घर लगेर ठुल्दाइलाई देखाएँ । दाइले भन्नुभयो ‘अहिले किन लेख्नुप¥यो र ?’

आखिर साइल्दाइतिरै लागें
पछि कृष्ण गौतम दाइसँग पनि सोधें, ‘अहिले म फर्किन्न दाइ भन्देऊ न’ भन्ने थियो उहाँको जवाफ । उराम रामप्रसाद दाइ, (आरपी काफ्ले) ले मलार्र्ई मोहन विक्रमको पार्टी क्रान्तिकारी छ, कृष्ण गौतम पनि यतै फर्किसके भन्न मेरै घर आएको सम्झना छ । फोन, मोबाइल, फेसबुकको यो जमानामा त आशंकामा परिन्छ भन्ने उतिबेलाको भेटघाट र सम्पर्कमा यस्ता कुरा जति बङ्ग्याए पनि हो की ठान्नु पर्दथ्यो ।

पैयुँको विद्यार्थी आन्दोलनका उत्प्रेरक दिनेश दाइ नारायणगढतिर पसल चलाएर बस्न थालेको, कृष्ण गौतम र लोक बस्यालहरू बुटवल पढ्न थालेको, हिले भरत दाइहरू पाल्पा पढ्न लागेसँगै २०४३ को एसएलसी पछि म र मेघनाथ बसेल काठमाडौँं लाग्यौँ । उत्तरतर्फका खेमनाथ अर्याल र नेत्रले जिल्ला समितिमा राखेका साथीहरूको नाम मलार्र्ई याद छैन । हामी बाहिर पढ्न हिँडेपछि कृष्ण दाइ बुटवलबाट फर्केर पढाउँदै पार्टीमा काम गर्न थालेको र पर्वत जिल्ला सम्मेलनबाट अखिलको अध्यक्ष भैसकेका गुणाखरजी चितवन पढे पनि पर्वतको पार्टीसँग जोडिइरहेको मैले थाहा पाएको थिएँ ।

उदय दाइ काठमाडौँं आएपछि घरको अभिभावकत्व साहिँलो दाइमा सरेको अनुभूति छ मलार्र्ई पनि । त्यसपछि कृष्ण दाइसँग राजनैतिक भेटघाट मात्र हुन थाल्यो भने माइल्दाइसँग घरायसी घनिष्ठता समेत । उहाँ काठमाडौँँ आउने जाने क्रममा र म घर आउने जाने क्रममा पर्वत पार्टी र संगठनका कुरा सेयर हुन्थे । टेक बहादुर बस्याल, कृष्ण तिवारी, शिव तिवारी, तेजबहादुर राना, गोकुल कंडेल लगायतले संगठन थामेको बताउनुहुन्थ्यो । दुईदैले खिमानन्द दाइसँगका अन्तरंगका कुरा भन्नुहुन्थ्यो भने बुटबलमा लोक सर र उमाकान्तजी को सक्रियताका कुरा पनि बताउनु हुन्थ्यो । सँगसँगै उहाँले कमल भुसाल, राजु पौडेल, मित्रलाल बस्याल, टी आर लेकाली, स्व. टेकबहादुर आले, गणेश बस्याल लगायतका साथीहरूको तर्क र हेराइ पनि शेयर गर्नुहुन्थ्यो ।

२०४६ को जनआन्दोलनका बेला उहाँले पैयुँ क्षेत्रमा तत्कालीन माले समूह र काङ्ग्रेसका साथीहरूसँग समन्वय गरी शिक्षक, विद्यार्थीहरूलाई पञ्चायत विरोधी आन्दोलनमा उतार्नुभएको थियो । २०४६ चैत्र २६ गते राती बहुदलीय व्यवस्थाको पुर्नस्थापना गरिएपछि उहाँले विद्यार्थी र युवाहरूलाई क्रान्तिकारी पंक्तिमा तान्ने प्रयास गर्नु भयो । लोकप्रसाद बस्याल र रेशमलाल सापकोटा लगायतका शिक्षक साथीहरूको आन्तरिक सहकार्यमा तत्कालीन मशाल, एकताकेन्द्र हुँदै माओवादीका विभिन्न जिम्मेवारी पुरा गर्नुभएको थियो । शिक्षक संगठनको जिल्ला सचिव र केन्द्रीय प्रतिनिधि हुँदै मोर्चामा क्षमता सम्प्रेषण गर्ने अवसर नजिकिएका बेला तत्कालीन सरकारको सूचीमा आतंककारी ठहरिनुभएको थियो । सुरुमा उहाँलाई पायक पर्ने ठाउँमा पढाउन नदिएर टाढा पठाउन खोजियो भने पछि प्रहरी र पुर्जी आतंकबाट उहाँलाई पैयुँमा बस्न नसक्ने वातावरण बनाइयो ।

२०४६ पछि २०५४/५५ सम्मको यही अबधिमा उहाँले धेरै विद्यार्थी, युवा, शिक्षकलाई आन्दोलनमा नजिक गराउनु भयो र तत्कालीन माओवादीले पर्वतको दक्षिण क्षेत्रलाई एउटा आधार क्षेत्रका रुपमा लिन सक्ने ठाउँ बनाइदिनु भयो । युवा क्लवका विधान लेख्ने र कमिटी बनाइदिने, आमा समूहहरूलाई उत्प्रेरित गर्ने, गाउँका छोरी बुहारीहरुको घाँस र दाउराको भारी बोकिदिएर उकालोमा सघाउने, अगेनामा मकै भुट्ने, गोठमा कुँडो पकाउने र कतिपय ठाउँमा बारीमा खनजोत र गोडमेलमा समेत जानुुहुन्थ्यो । श्रीमान् श्रीमतीका बेमेल र पारिवारिक झैझगडाका केही उदाहरण समेत सम्प्रेषण गर्नुहुन्थ्यो ।

कहाँबाट, कहीले, अनि को, कसरी प्रभावित बनेको हो ती सबै नखुल्न पनि सक्छन् किनकि अहिलेको उपभोक्तावादले गाँजेको युगमा मान्छेले सम्झिदा, सम्मान गर्दा वा नाम लिँदा आफू सानो भइन्छ कि ठान्ने गरेको छ ।

तत्कालीन एमाले र मालेको काटीछिनो, काङ्ग्रेसभित्रका गुटको पानी बाराबार तथा सत्ता र माओवादीबीचको द्वन्द्वका बेला सबैलाई एकै ठाउँमा ल्याएर मानव सागर (१७ हजार जनता) उतार्ने काममा कृष्ण दाइको खटाइ निकै अब्बल रह्यो । ‘म त परालमा पनि सुत्छु, ‘लौ ओड यो च्यादर तिमीले’ बेउलीबासमा त्यतिबेला कृष्ण दाइले भनेको मलाई झलझली सम्झना छ ।

२०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीद्वारा युद्ध सुरु भएपछि देशव्यापी धरपकड बढ््ने क्रममा उहाँ २०५५ तिर पढाइको सिलसिलामा काठमाडौँं आउनु भयो । ‘जिल्लाका साथीहरूले डराएर भाग्यो भन्छन् होला तर पार्टीमा सम्पर्क नलिइकन बस्नै मन लागेन’ भनेपछि मैले उहाँलाई ‘दाइ पार्टीमा बस्नै पर्यो नि’ भनेको थिए । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका तत्कालीन केन्द्रीय अध्यक्ष रमेश शर्मासँग सल्लाह गरेपछि क. नारायण तिवारी सेक्रेटेरी, क कृष्ण गौतम सदस्य र क शोभाकान्त रिजाल सदस्य रहेको एउटा पाटी सेल निर्माण भयो । उक्त सेललाई हेर्ने जिम्मेवारी म आफैलाई दिइयो । यसबीच यो खबर पर्वत पार्टीलाई पुग्दासाथ एक जिम्मेवार नेताले म स्वयंलाई समेत असहज शैलीमा भने, ‘जिल्लाबाट भागेकालाई पार्टीमा जिम्मेवारी दिन कसले भन्यो..?’ मैले उत्तर दिए, ‘नेपालको कम्युनिस्ट आन्दोलन विश्व सर्वहारावर्गको एउटा टुकुडी हो, काठमाडौँँ होइन, विदेशै गए पनि त्यहाँ पनि संगठित हुने उसको अधिकार हुन्छ । विद्रोह गर्नु अधिकार हो भने बिद्रोहका लागि संगठित हुनु पनि अधिकार हो ।’

इतिहासका पहलकर्ता
काठमाडौँंको भूगोलमा रहेर आफ्नो पार्टी कमिटीको सामान्य भूमिका निभाउने बाहेक पर्वतबाट काठमाडौँमा रहनेहरूलाई जनयुद्धको पक्षमा उपयोग गर्ने हिसावले सक्रिय हुँदै आएको उक्त सेलमा पर्वतका लागि पनि प्रत्यक्ष केही गरौं न भन्ने विषयमा छलफल भयो । पञ्चायतको पालादेखि भनिदै आएको र बहुदलपछि केही सुरु भए पनि मुख्य ठाउँहरूमा बाटो खन्न अवरोध भएको स्थितिमा जनताको व्यापक सहभागीता गराई अवरोध छिचोल्ने उद्देश्यसहित मोटरबाटोको लागि श्रमशिविर गर्ने निचोड बमोजीम निलकण्ठ तिवारी (कार्यक्रम योजना र खाका तयार गर्न), शोभाकान्त रिजाल (तत्कालीन एमाले/माले निकटहरूसँग वातावरण तयार गर्न), नारायण तिवारी (काङ्ग्रेस र पंचहरूसँग वार्ता गर्न) कृष्ण गौतम (काठमाडौँंमा रहने पर्वतेलीको सूची संकलन र स्वयम्सेवक तयार गर्न) जिम्मेवारी समेत विभाजन ग¥यो ।

पर्वतको पार्टीसँग समन्वय गर्न भने कमरेड कृष्ण गौतमले म आफैलाई भन्नुभयो र मैले क. देवेन्द्र पौडेलसँग सम्पर्क पनि गरे । उहाँले यताका आन्तरिक कार्यक्रम नजुधाउने गरी मिलाउनुपर्छ भनेर सकारात्मक रुपमा उत्साहित गर्नुभयो । तर त्यसको केही समयमै हामीले अर्को साथीसँग छलफल गर्नुपर्ने भयो । स्थिति यस्तोसम्म आइपुग्यो कि जडता र सङ्कीर्णताका कारण श्रमशिविर नै रोक्नु पर्दछ कि भन्ने तहसम्म पुग्नुप¥यो ।
‘बालिङबाट मोटरबाटो ल्याउँदा दुश्मन चढ्छ र हामीलाई दमन गर्छ’ भन्ने तर्कलाई कृष्ण गौतम र मैले भन्यौं, ‘जनयुद्ध समग्र युद्ध भनेर नेताहरूले व्याख्या गरेको हुँदा जनतालाई सुविधा दिएर आफ्नो बनाउनु पर्छ भन्दै विशेष क्षेत्रमा सहिद मार्ग बन्दै गरेको’ समेत बतायौँ । फेरि जनता र सर्वसाधारणको गाडीलाई नछुने तर, युद्धको निशानामा पार्नुपर्नेलाई एम्बुसमा पारेभै हाल्यो नि ! दुश्मनले पनि पानी खान्छ भन्ने नाउँमा जनतालाई खानेपानी नदिने, बत्ति बाल्छ भन्ने नाउँमा जनतालाई अन्धकारमा राख्ने र दुश्मन मोटर चढ्छ भन्ने नाउँमा बाटो बनाउन नदिने गर्नु हुदैन भनेर दहरो अडान राखेर तर्कबाटै जडतालाई परास्त गर्नुप¥यो । मैले थाहा पाए सम्म त्यसपछिका अन्य विकास आयोजनाका लागि कृष्ण गौतमको प्रयास राम्रो थियो भनेर तत्कालीन एमाले र काङ्ग्रेसका साथीहरूले बताउने गर्थे ।

पार्टी सेलले निर्णय गरेझै काठमाडौँंबाट मात्र ६५ जना र पैयुँ क्षेत्रबाट ६० जना गरी १२५ जनाको स्वयम्सेवक टिमको आन्तरिक नेतृत्व कृष्ण दाइले गर्नु भयो भने त्यतिबेला पुण्य आचार्यलाई स्वयम्सेवक संयोजक र युवराज सेनलाई सहसंयोजक बनाई २०५७ पौष २३ देखि २७ सम्म सडक खन्न अबरुद्ध गराइएको ठाउँ मर्दिखोलामा श्रमशिविरको तयारी भयो । गाउँगाउँमा जागरण गीत गाउँदै र टिमलाई उत्साहित गर्दै उहाँले आन्तरिक कमाण्ड मात्र गर्नुभएन, विकासका गीतहरू लेखेर कलाकारहरूलाई प्रशिक्षण समेत दिनुभयो । पैयुँका सबै गाउँ बस्तिमा ९ दिनसम्म खटेपछि सोंचेभन्दा ठूलो जनसागर ओर्लियो । कमिटीको बैठक बस्न निकै गा¥हो भयो । विभिन्न जिम्माका हामी ५ मिनेट हराउनु हुँदैनथ्यो । सबैलाई खुवाएर सुताएपछि समीक्षा र योजना बनाउने र भोलिपल्ट त्यसै अनुसार सुरु गर्ने हुन्थ्यो । तत्कालीन एमाले र मालेको काटीछिनो, काङ्ग्रेसभित्रका गुटको पानी बाराबार तथा सत्ता र माओवादीबीचको द्वन्द्वका बेला सबैलाई एकै ठाउँमा ल्याएर मानव सागर (१७ हजार जनता) उतार्ने काममा कृष्ण दाइको खटाइ निकै अब्बल रह्यो । ‘म त परालमा पनि सुत्छु, ‘लौ ओड यो च्यादर तिमीले’ बेउलीबासमा त्यतिबेला कृष्ण दाइले भनेको मलाई झलझली सम्झना छ ।

हातेमालो चोकको घोषणा
मैले अन्तिम दिन एउटा प्रस्ताव ल्याएँ, ‘हातेमालो चोक घोषणा गरौँ र यो घोषणा तपार्इंको मुखबाट होस्,’ शोभाकान्त सर पनि खुसी हुनुभयो । तर दाइले मान्नु भएन र भन्नुभयो, ‘यो योजना तिमीले बनाएको हुँदा तिमीले नै घोषणा गर, म अरु बोलौँला’ सोंचेभन्दा बढी उत्साह बाहिर आए पनि हामीले आन्तरिक रुपमा थोरै फरक समीक्षा ग¥यौं । जुन समीक्षा क. चिन्तनको नाउँबाट २०५७ मै प्रकाशित भएको थियो ।

त्यतिबेला पानी बाराबारको स्थितिमा रहेका देवबहादुर पौडेल (माले) र गणेश तिमील्सीना (एमाले), काङ्ग्रेसका अर्जुन जोशी, नवराज गुरुङ र स्व. डिल्लीराजहरूका झुण्ड, राजावादी स्व. मनबहादुर देखि माओवादीका नेत्र अधिकारी सम्मलार्र्ई हातेमालोमा सहमत गराउनु, जयवल्लव भुसाल, क्या. देउउहाँदर राना, नरबहादुर राना, याम गुरुङ, टेकलाल काफ्ले, संजय आचार्य, थानेश्वर काफ्ले, नुमाखर भुर्तेल, फर्शुराम भुर्तेल, नारायण काफ्ले, निद्रा क्षेत्री, विमल वस्याल, यामकला काफ्ले, खैसरा काफ्ले, मित्र राना, हिमाल भट्टराई, देवि तिवारी, यूवराज सेन, ओपी सेन, एकनारायण काफ्ले, घनश्याम न्यौपाने, किसान रिजाल, पुण्यप्रसाद आचार्य लगायतको टिमलार्र्ई सम्बन्धीत व्यक्तिहरूको अनुभव र सीपका आधारमा कार्यविभाजन गरी योजना निर्माणदेखि श्रमशिविर सम्पन्न गराउने काममा उहाँको भूमिका ऐतिहासिक अनि स्मरणीय रह्यो ।
श्रमशिविर सम्पन्न भैसकेपछि पनि वायखोला, गहते र डुम्रेभन्ज्याङ्गनेर विवाद निकै आएपछि सरोकार केन्द्रको बैठकले कृष्ण गौतम सहित जयवल्लभ भुसाल, टेकलाल काफ्ले र संजय आचार्यलाई विवाद मिलाउने जिम्मेवारी दियो । उहाँहरू वायखोला मिलाउँदै जानुभयो र डुम्रेभन्ज्याङ्गमा पुगेपछि एउटा अन्तरक्रिया कार्यक्रम उहाँले आयोजना गर्नुभएको थियो । डुम्रेभन्ज्याङ्गलाई मुकाम बनाएर बसेको सो टिमको आग्रहमा मुख्यतः कृष्ण दाइले ‘त जसरी पनि आइज’ भनेपछि म लगायत साथीहरू गयौं र भन्ज्याङ्ग तल फुलबारीको बाटोको विवाद पनि निरुपण गरियो ।

२०५८ मंसिर पछि संकटकाल लाग्यो । पार्टी कमिटीहरूलाई व्यवस्थित गर्ने निर्णय भयो । यस विषयमा आ–आफ्ना इलाकामार्फत सेल कमिटी पुनर्गठन गर्ने निर्णय भयो । तद्अनुरुप म कर्मचारी पार्टी इलाकाको सेक्रेटरी भएर काम गर्नुपर्यो भने कमरेड कृष्ण केसीसँगको सल्लाह बमोजिम नारायण तिवारी कानुन इलाकातर्फ तथा भरत शर्मा रहनुभएको शिक्षक इलाकामा शोभाकान्त रिजाल जोडिनु भयो भने क. कृष्ण गौतमलाई बुद्धिजीवीको कमिटीमा जिम्मा दिने कुरा समेत भयो ।

जिम्मेवारी दिने कुरा त भयो तर, काम भएन । संकटकालका कारण उपत्यकाको काम ठोस र चुस्त हुन सकेन । पार्टीभित्र दुश्मनले घुसाएका मान्छेहरूले ठूलो क्षति पु¥याएको कुरो बेजोडले आयो । एकले अर्कोमाथि आशंका गर्ने र गराउने मात्र होइन, ज्यानको सुरक्षा कसरी गर्ने गराउने तहसम्म सोंचनु पर्ने स्थिति आयो । कमिटीको बैठक, लेवि र प्रणाली बन्द प्राय भयो । उपत्यकामा लामो समय बसेको कारण म लगायतका केही कामरेडहरूले भेष बदलेर पनि भेटघाटमा कमि राखेनौं । त्यतिबेलाको खटाइ, संचार र सेल्टर व्यवस्थापनमा बढी केन्द्रीत हुनुपर्यो । यसका बारे सबैभन्दा बढी कमरेड कृष्ण सेनसँग शेयरिङ्ग हुन्थ्यो भने कृष्णध्वज खड्का, रेखा शर्मा, कामरेड मोहन कार्की ‘जीवन्त’ र पछिल्लो समय देवेन्द्र पराजुली ‘रोशन’ हरूसँग सिधैँँ जोडिएर काम गर्ने स्थिति आइपुग्यो ।

सेल्टरका लागि पूर्वमन्त्री तथा आदरणीय दाइ देवबहादुर पौडेल क्षत्री, पूर्वसांसद मनबहादुर विश्वकर्मा, नेत्र न्यौपाने, बाबुराम काफ्ले, बलराम न्यौपाने बढी जोडिनु भयो । डिएसपी दाइ (कृष्ण तिवारी) एउटै घरको तल माथि फ्ल्याटमा बसेको कारण भरत दाइ (भरत शर्मा) को घरलाई धेरै कामरेडहरूले रणनीतिक रुपमा उपयोग गर्नुभएको थियो । २०५८ मंसिरमा संकटकाल लागेपछि कृष्ण दाइ र मेरो भेट माघमा भएको मलार्र्ई याद छ । बिजुली बजारको उराम टंक र लिङसिया थीरलालको डेरामा मैले कृष्ण दाइसँगको भेटको चाँजो पाँजो मिलाए । दाइले त्यहाँ भन्नुभयो,

‘काठमाडौँंमा यसरी लुकेर सासले बाँच्नु भन्दा गाउँतिर गएर हाकाहाकी बाँच्ने हो की ?’
मैले ‘हो दाइ, जाउँ भो, अब तपाईपनि तयार हुनुस् म पनि मिलाउँछु । तर, पार्टीबाट निर्णय गराएर ठोस जिम्मा लिएर जानु प¥यो नी ।’ यस्ता कुरा दुईचार पटक हुँदै गए । काठमाडौँंमा बढी जनसम्पर्क भएको मलाई सहजै छोड्न साथीहरूले मान्नु भएन । ‘तपाईहरू नै यस्तो सोंचने…?’ सम्मका प्रश्न पनि आए ।

संकटकालको सबैभन्दा मार २०५९ को सुरुवाट बढ्दै गयो । भर्खरै प्रकाशित हुन लागेको (१ अंक प्रकाशित र दोस्रोको पूर्ण तयारी प्रेसमा गइसकेको) बेला ऐक्यबद्धताको कार्यालय सेनाद्वारा कब्जा र श्रीमती मीना तथा भतिज विनोदलाई बेपत्ता बनाएपछि मलार्र्ई सान्त्वना दिन कृष्ण दाइले निकै खोज्नु भएछ । म यसअघि नारायण काफ्लेजीको बानेश्वरको डेरामा कृष्णध्वज खड्कासँग बसिरहेको थिएँ । कृष्णध्वजले भन्नुभयो, ‘तपाईलाई काठमाडौँंका सिआइडीले धेरैले चिन्छन्, त्यसको तुलनामा गौतमजीलाई कम हुन्छ । बोलाउनुस् त, वरपरका काम उहाँलाई लगाउनु प¥यो ।’ मैले कृष्ण दाइलाई नारायणजीकै डेरामा बोलाएँ । छलफल भयो । सावधानीका साथ पार्टीको काम अघि बढाउने सल्लाह पनि भयो ।

तर, त्यो पनि केही दिनपछि प्रभावकारी भएन । नारायणजी हुँदै भरत दाइकोबाट सेल्टर अन्यत्र गएको हप्ता दश दिनमै कृष्णध्वज पक्राउमा पर्नुभयो । कृष्ण गौतम दाइ र म एकदिन यामकला– खैसराको डेरामा बसेर समीक्षा ग¥यौं । गर्व पनि ग¥यौँ । ‘यो आन्दोलनमा हामी इमानदार रहेछौँ । आफू सुरक्षित हुने सेल्टरमा नेताहरूलाई राखेर जोगायौँ ।’ हाम्रा मान्छेहरूलाई सेनाले कुटेर थिलो थिलो बनाउँदा पनि कतै भेद खुलेन । सेनजीको पक्राउपछि हत्या र कृष्णध्वजहरूको बेपत्ताका घटनाले यस्तो अनुभूति भयो कि उहाँहरूलाई जर्बजस्त हामीसँग राखेको भए र अन्यत्र जान नदिएको भए यस्तो हुँदैनथ्यो कि !

तर, त्यो सम्भव थिएन । पार्टी चलाउनुपर्ने मान्छे प्रणाली अनुसार भेटघाट गर्नु अनिवार्य थियो । त्यसैक्रममा योजनाबद्ध ढङ्गले गिरफतार र हत्या समेत गराइदोरहेछ । आफ्नै साथी र कामरेडबाट समेत बाँच्नु पर्ने दिन आउँदो रहेछ । मैले यस्तो अनुभूति कृष्ण दाइलाई भनेको थिएँ । तर, माइल्दाइसँग पुरै साट्न पाएको थिइन । २०६० मा माइल्दाइ समेत पक्राउ परेर निकै यातना खानु भयो । खेल, झेल र नेलका कुरा मलार्र्ई भन्दा माइल्दाइलाई निकै थाहा रहेछ, पछि मलाई पनि बताउनुभयो ।

यसअघि २०५९ जेठमा नन्दलाल यामकलाको विवाहको तयारी कृष्ण दाइ, शोभाकान्त र म आफैले गरेपनि म विवाहस्थलमा पुग्न पाइन । २०५९ असारको पहिलो हप्तामा कृष्ण दाइले मलार्र्ई खबर पठाउनुभयो बानीपोखरा घनश्याम बित्नुभएछ । मलार्र्ई याद छ जेठको तेस्रो हप्तातिर दाइले नै उहाँ (घनश्याम) को यातना र हाम्रो बारे घनश्यामलाई सेनाले दिएको दुःखबारे भन्नुभएको थियो । घनश्यामप्रति श्रद्धान्जली अर्पण गर्न सबैका अगाडि जान्छु र सलामी दिन्छु भन्ने चाहना थियो । कृष्ण दाइले यस्तो दुस्साहस नगर भन्नु भयो । तर म पशुपतिको घाटमा उहाँलाई जलाईरहँदा पारिपट्टिको वनमा सिधा जोड्दा करिब ८० मिटर नजिकमा पहँेलो वस्त्रधारी युवा जोगी भएर दन्किरहेको आगो नियालिरहेको थिएँ ।

‘त्यसको भोलिपल्ट यामकला र नारायणजीमार्फत कृष्ण दाइलाई खबर पठाए । मिना, विनोद बेपत्ता छन् । म छाती दुखेर बिरामी भएको छु । दिल्लीमा गएर उपचार गराउनु पर्ला भन्ने ठानेको छु, म लाग्छु हैं…’ २०५९ असारको दोस्रो साता म दिल्ली पुगिसकेको थिएँ । दिल्लीमा ३ महिना नबित्दै देवेन्द्र पराजुलीसँग काठमाडौँं सम्पर्क भयो । तपाई काठमाडौँं नआई भएन । तपाईमात्र होइन, भरतजीलाई पनि भन्नुस् यहाँ लोकेन्द्र सरकारसँग वार्ताको वातावरण बन्दै छ’ म खुसी भएँ । पुरानै पाराले भेष परिवर्तन गरेर काठमाडौँं आएँ ।

काठमाडौँं आएपछि कृष्ण दाइसँग सबै शेयर गरेँ । पार्टीभित्र चर्केको चर्को अन्तरद्वन्द्वको शिकार हुने सम्भावनाबाट जोगिनु पर्ने कुरा राखेँ । आएको २४ घण्टा नबित्दै देवेन्द्र पराजुलीले फेरि सेल्टर चाहियो भनेपछि नेत्र न्यौपानेले बलरामजीको डेरा मिलाउनु भयो । कृष्ण दाइ, म र देवेन्द्र पराजुली भेट्यौं । देवेन्द्रले कृष्ण गौतम दाइलाई पार्टी जिम्मामा ठोस गर्ने कुरा त राखेका थिए । तर, त्यतिबेला उनले हामीलाई भित्रि कुरो भनेनन् । पार्टीभित्रको अन्तरसंघर्षको चपेटामा उनी नराम्रोसँग फसिसकेका रहेछन् । मैले अनुमान गरेँ तर कृष्ण दाइले सुरुमा पत्याउनु भएन । पछि ‘हो यस्तो सबै हिसाबले घिनलाग्दो काठमाडौँं छोड्नै पर्ने ठानेँ मैले त’ दाइले भन्नुभएको ताजै छ, मलाई ।

रोजाइको मोर्चामै जानु भो
२०६० मा दोस्रो वार्ताकाल आयो । चित्रबहादुर श्रेष्ठ (बिरामी दाइ) ले मलाई तपाई अब विशेष जिम्मा लिएर पर्वत जानुस् भन्नुभयो । तर म फिल्डमा जाँदा त्याग, निष्ठा र इतिहास सहितको हैसियतमा जाने अडान गरेँ, उहाँले मिलाउँदै जाउँला भन्नुभयो । यसो गर्दा गर्दै वार्ता भंग भयो । उही पुरानै चक्र दोहोरियो । यसबिच नाम चलेको मेनपावरका प्रमुख पात्रद्वारा मलाई उहाँसहित केही साथीको नाउ जोडेर माओवादी कोटामा कोरिया नाम निकाल्ने भनेर आएको छ के गर्ने ?’ सोधिएको थियो । जटिल प्रश्नको उत्तर सहज थिएन म सँग । युद्ध लडेको पार्टीले आफ्नो फलानो कार्यकर्तालाई कोरिया पठाउन पास गराइदेउ भन्दैन होला भनेको थिएँ । तर कृष्ण दाइ नाम निक्लेर पनि कोरिया जानुभएन र लाग्नुभयो रोजाइको आफ्नै मोर्चामा । मोर्चामा रहँदा उहाँले मलार्र्ई भोक्सिंग, घान्दु्रक र शंकरपोखरीबाट सम्पर्क गर्नुभएको थियो ।

पुरानो सत्तासँगको वार्ता लगभग बिर्को लागेपछि त्यतिबेला संसदवादी भनिने पार्टी मुख्य नेपाली काङ्ग्रेस र एमालेसँग नयाँ प्रकारको गठबन्धन बनिरहेको थियो । त्यसले एउटा उचाइ पनि लिँदै थियो । त्यहीबेला कमरेड कृष्ण गौतम (चिन्तन), खड्क कुँवर (सुनिल), विकास सुवेदी (विजय), कुविजा पराजुली (पुनम) मोहन सिं गाहा मगर (दलसिंह) समेतका कामरेडहरूलाई स्याङ्जाको सिर्सीकोटमा हत्या गरेको खबर निकै बेजोडका साथ प्रचार गरियो ।

कृष्ण दाइ भएको भए… पैयुँ क्षेत्रले विकासको तरंग नयाँ ढङ्गले सम्प्रेषित गर्ने थियो । उहाँको…. मनमा भएका सम्भावनाका धेरै पोका व्यवहारमा खुल्दा हुन भन्ने एक मनले लागेको छ भने अर्को मनले बाँचेर पनि मरेको व्यवहार भोगिरहने नियतिबाट त छुट्कारा पाउनु भयो नी.. भन्ने. पनि लागिरहेछ । तर सँगै हुन पाएको भए त… हामीले कस्ता योजना बनाउँदा हौंँ…?’ भन्ने पनि लागिरहेकै छ ।

सहिद हुनु गर्वको विषय भनिन्छ तर दाइको सहादतले मेरो छाती गर्वले फुलेन । देशले स्वाधिनता पाउने र जनताले मुक्ति पाउने लक्ष्यमा सहिदहरूले ज्यान अर्पेका थिए । यसो भनिरहँदा मैले आरोप खेपेको पनि छु र फेरि पनि खेप्न तयार छु । निष्ठाको लडाइँ देखाएर विष्टाको रंगेली बटुल्नेहरूका लागि मनोरञ्जनको पात्र मात्र बने कि सहिदहरू ? भन्ने प्रश्न पनि सँगै जोड्छु कहिलेकाहीँ ।

तर, आस्थाको गोरेटोलाई फराकिलो पार्दै मुक्तिको राजमार्गमा होमिएकै कारण कागजमा भए पनि केही कुरो त लेखिएको छ नी । एउटा निष्ठा पक्रेर मुक्तिका लागि बलि चढ्ने सहिदहरूको के दोष ? दोष त सहिदको भावना, आत्मा र सपनामाथि कुठाराघात गर्नेहरूको हो नि भन्ने पनि आउँछ । जसलाई पनि सहिद भनिएको छ, पैसा बाँडिएको छ । के कृष्ण गौतम (हाम्रो प्यारो साहिँलो दाइ) को क्याटागोरी त्यही हो ? सुरेश वाग्ले र कृष्ण सेनको हाराहारीकै बौद्धिक पात्र कृष्ण गौतमलार्र्ई सत्ताका आँखाले किन राम्रोसँग हेर्न सकेन ? घरी घरी प्रश्नले उचाल्छ । केही प्रश्नहरूले यस्तो उद्धेलित बनाउँछ कि हेडक्वाटरै गएर मशाल बालुँ ?

चर्काे प्रश्न र मनका बह सहिद र कृष्ण दाइसँग मात्र जोडिएको होइन । सत्ताको आधारभूत चरित्र गणतन्त्रात्मक नभएको, पार्टीहरू भित्र रजौटातन्त्र हावी रहेको र जनताले सामाजिक न्याय र शुसासन प्राप्त गर्न नसकेको वर्तमान परिस्थितिमा ‘कृष्ण दाइको हिसाब कोसँग खोजु…?’ जस्तो पनि लाग्दछ ।

कृष्ण दाइ भएको भए… पैयुँ क्षेत्रले विकासको तरंग नयाँ ढङ्गले सम्प्रेषित गर्ने थियो । उहाँको…. मनमा भएका सम्भावनाका धेरै पोका व्यवहारमा खुल्दा हुन भन्ने एक मनले लागेको छ भने अर्को मनले बाँचेर पनि मरेको व्यवहार भोगिरहने नियतिबाट त छुट्कारा पाउनु भयो नी.. भन्ने. पनि लागिरहेछ । तर सँगै हुन पाएको भए त… हामीले कस्ता योजना बनाउँदा हौंँ…?’ भन्ने पनि लागिरहेकै छ ।

धेरै घटनाहरू ताजा छन् । दाइको भौतिक शरीर छैन । त्यो भौतिक शरीरको खोज सबैभन्दा बढी भाउजू र छोराछोरी तथा बावा र दाइभाइ लगायत परिवारबाटै भयो होला । यस्तो खोजी गर्ने हकदार धेरै साथीभाइ, आफन्त र शुभेच्छुक पनि हौँ र छौँ । सहिदले निसाफ पाउनुपर्छ भन्नेमा हामी धेरैको मत छ । नियतमा आशंका उब्जेका छन्, बेथितिको डंगुर घटाउन सकिएको छैन । कृष्ण दाइले आफ्नो स्वार्थ र परिवारको हितका लागि ज्यान सुम्पिनु भएको हूँदै होइन । खान नपुगेर आन्दोलनको उपयोग गर्नुभएको हुँदै होइन । तर, आज ठूला बडाले नयाँ प्रकारको घरानीया शासन चलाउन खोजेको अनुभूत हुँदैछ । यस्तो प्रवृतिको बर्खिलापमा रुपान्तरण अभियान नचलाई नहुने भएको छ । अहिले यसैका लागि बाहिर र भित्रका सबै मोर्चामा तिम्रो अभाव खट्किरहेको छ, दाइ । गणतन्त्र आएपछि त सपनामा पनि देखिन छाडेका छौँ । अहिलेको गणतन्त्र सबै चिज होइन रहेछ दाइ, बाँकी कामका लागि कमसेकम सपनामा आएर त ढाडस देऊ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ ।

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार