Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

एलिजा र नरेशको ‘झन झन माया’ यसरी बढ्यो, हेर्नुहोस् भिडियोमा



काठमाडौँ । गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा ‘झन् झन् माया बढ्यो’ गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र मोडल एलिजा गौतमलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ । लामो समयदेखि बेल्जियममा बस्दै आएका गायक तथा समाजसेवी नारायण धिताल डेढ दशक देखि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छन् । यस अघि धितालका थुप्रै गीत सार्वजनिक भई सकेका छन् ।

भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । निसल पौडेलले छायाँकन गरेको भिडियो लाइ विकाश दाहालले सम्पादन गरेका छन् । मंगलबार प्रेसमिट गर्दै भिडियो सार्वजनिक गरिएको हो ।

भिडियो सार्वजनिक कार्यक्रममा निर्देशक मिलन चाम्स, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, एसपी प्रेम कुमार श्रेष्ठ, निर्माता ज्योतिराज राई, मिस नेपाल सुगारिका के.सी लगायतको उपस्थिति थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा (एकिकृत समाजवादी) पार्टीका धनराज आचार्य विजयी भएका छन् ।

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय