१८ मंसिर, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भिसा कन्ट्याकलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकको भिसा कन्ट्याकलेस कार्ड नियर फिल्ड कम्युनिकेशन(एनएफसी) मा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पीओएस टरमिनलबाट रकम भुक्तानी गर्न सकिन्छ ।
महालक्ष्मी विकास बैंक भिसा कन्ट्याकलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये पहिलो बैंक हो । यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । ।