Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

च्याम्पियन्स लिग: महत्वपूर्ण खेलमा पीएसजी बिजयी



१८ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पीएसजी बिजयी भएको छ । समूह एच अन्तरगतको खेलमा पीएसजीले इंग्ल्स क्लब म्यानचेष्टर युनाइटेडलाई ३-१ ले हरायो ।

पीएसजीको जितमा नेमारले छैटौं मिनेट र इन्जुरी टाइममा गोल गरे । पीएसजीका लागि ६९औं मिनेटमा मार्कुविन्होसले गोल गरेका थिए । पहिलो हाफकाे ३२औं मिनेटमा  मार्कुस रासफोर्डले  गरेको गोलबाट युनाइटेड बराबरीमा आएपनि खेलको दोस्रो हाफमा दुई गोल खादा हार व्यहोर्न पुग्यो ।

च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि खेल जित्नै पर्ने दवाबमा रहेको पीएसजी ५ खेलबाट ९ अंक जोडि शिर्ष स्थानमा रहन पुग्यो ।

सोहि समुह अन्तरगतको अर्को खेलमा जर्मन क्लब आरबी लाइपजिगले टर्किस क्लब इस्तानबुल बाकाससेयरलाई ४-३ ले हरायो । उक्त जितका साथ समान ९ अंक बनाएको लाइपजिग तेस्रो स्थानमा रहेको छ । समुह एचबाट दोस्रो चरणप्रवेश गर्ने टिमको टुङगो अन्तिम खेलले गर्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय