१८ मङ्सिर, काठमाडौँ । तीन दिनदेखी सुनको मूल्य उकालो लाग्दै आएको छ । आज विहिबार सुनको मूल्य १६ सयले बढेको हो ।
बुधबार ९१ हजारमा कारोबार भएको सुनको मूल्य आज १६ सयले बढेर प्रतितोला ९२ हजार ६ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि आज १६ सयले बढेर प्रतितोला ९२ हजार १ सय ५० मूल्यमा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार ११८५ मा कारोबार भइरहेको चाँदीको मूल्य आज २० रुपैँयाले बढेर १२०५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।