Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

च्याम्पियन्स लिग: बार्सिलोना र युभेन्ट्स बिजयी, रोनाल्डोले पुरा गरे ७५० गोल



१८ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग अन्तरगत गएराति भएकाे  खेलमा जित निकाल्दै बार्सिलोना र युभेन्ट्सले समुह जीमा आफ्नो दब्दबा कायमनै राखेको छ । गएराति भएको खेलमा स्पानिस क्लब बार्सिलोनाले फेरेन्सिभारोसरलाई र इटालियन क्लब युभेन्ट्सले डिनाभमो किभलाई समान ३-० गोल अन्तरले पराजित ग¥यो ।

बार्सिलोनाको जितमा खेलको १४औं मिनेटमा एन्टोइन ग्रीजमन, २०औं मिनेटमा मार्टिन ब्रेथवेइट र २८औं मिनेटमा ओसमान डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दै खेलको पहिलो हाफमानै ३-० को अग्रता लिदै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

सोहि समुहको अर्को खेलमा युभेन्ट्सको जितमा २१औं मिनेटमा फेडेरिको चिएसा, ५७औं मिनेटमा क्रिस्टियानो रोनाल्डो र ६६औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई ३-० काे जित दिलाए ।

समूह जी को अन्तिम खेल बार्सिलोना र युभेन्ट्स बिच

समुह चरणको सम्पूर्ण खेलमा जित हात पारेको बार्सिलोना ५ खेलबाट १५ अंक सहित शीर्ष स्थानमा यथावत रहेको छ । दोस्रो स्थानमा रहेको युभेन्ट्स को पनि समान खेलबाट १२ अंक रहेको छ ।

समुह चरणको अन्तिम खेल बार्सिलोना र युभेन्ट्स बिच हुने भएकाले उक्त खेलको नतिजालेनै समुहको शिर्ष स्थानमा रहने टिमको फैसला गर्ने छ । बार्सिलोना र युभेन्ट्स  यस अघिनै दोस्रो चरणमा प्रवेश पाइसकेका छन् ।

रोनाल्डोले पुरा गरे ७५० गोल
क्रिस्टियानो रोनाल्डोले आफ्नो करीयरको ७५० गोल पुरा गरेका छन् । उन हिजो च्याम्पियन लिग अन्तरगत डिनाभमो किभसँग भएको खेलमा गोल गर्दै क्लब र देशका लागि खेलेको खेलबाट ७५० गोल पुरा गरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार