
१८ मंसिर, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरणमैत्री शवदाह गृह स्थापना गरेको छ ।
बैंकका अनुसार यो शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ जसले वातावरणमा पुग्नु अघी सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटायी प्रदूषण नियन्त्रण गर्न मद्धत गर्नेछ ।
उक्त्त शवदाह गृह संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिक्रित जिके नेगीद्वारा पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई अन्य प्रमुख अतिथीहरुको उपस्थितिमा हस्तान्तरण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।