२१ मङ्सिर, काठमाडौं । डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
डोटी, पुर्बीचौकी गाउँपालिका–७ गजडाको जंगलमा सोही ठाउँ बस्ने ४० वर्षीय देव बहादुर साउद शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् । उनी भीरबाट लडेर मृत्यु भएको भन्ने बुझिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।