back

औद्योगिक गणना आजबाट शुरु

वि.सं.२०७७ मंसिर २१ आइतवार

366 

shares
RBB AD
NTC AD

२१ मंसिर, वाग्मती । प्रत्येक १० वर्षमा हुने ओद्यौगिक गणना अर्थात् सर्वेक्षण कार्य मकवानपुर र धादिङमा आजदेखि शुरु गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत रहेको जिल्ला तथ्याङ्क कार्यालय हेटौँडाद्वारा मकवानपुर तथा धादिङमा उक्त सर्वेक्षण प्रारम्भ भएको सो कार्यालयले जनाएको छ ।

तथ्याङ्क कार्यालयका प्रमुख राजेश दासका अनुसार करिब १० महिनादेखि कारोना महामारीका कारण जारी गरिएको लकडाउनले स्थगित रहेको सर्वेक्षण कार्य सुरक्षा मापदण्ड अपनाउँदै पुनः शुरु गरिएको छ । सर्वेक्षणमा तथ्याङ्क कार्यालय मकवानपुर कार्यक्षेत्रअन्तर्गत पर्ने मकवानपुरको ३४० र धादिङको २१७ औद्यौगिक प्रतिष्ठान रहेकामा लकडाउनमा १४० प्रतिष्ठानको तथ्याङ्क सङ्कलन गरिएको थियो ।

यसपटक बाँकी रहेका ४१७ प्रतिष्ठानको तथ्याङ्क सङ्कलन हुने छ । राष्ट्रिय अर्थतन्त्रमा औद्यौगिक क्षेत्रको योगदान, सम्भावना, चुनौती, समस्या, रोजगारीको अवस्थालगायतका विविध पक्ष समेटेर सर्वेक्षण सञ्चालन गरिएको उनले बताए । केन्द्रीय तथ्याङ्क विभागको स्वीकत कार्यक्रमअन्तर्गत गत फागुन १२ गतेदखि शुरु हुनुपर्ने सो कार्य कोरानाका कारण लकडाउनले स्थगित गरिएको थियो ।

दश वर्षको अन्तरालमा हुने सर्वेक्षण यसअघि २०६६ सालमा भएको थियो । दश जना कामदार भएको प्रतिष्ठानलाई मात्र सो सर्वेक्षणमा समावेश गरिन्छ । रासस

वि.सं.२०७७ मंसिर २१ आइतवार १३:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

१४ वर्ष कोरिया बसेर फर्किएका पुन माछापालनमा रमाउँदै

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण...

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना...

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

सञ्चालनमा आयो भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा...

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

उत्पादन बढाउने उद्धेश्यले गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५०...

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर...