
२१ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको सैना मैना नगरपालिका वडा नं १ की ५५ वर्षीया महिला रहेकी छन् ।
मंसिर ९ गते कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालमा भर्ना भएकी उनमा ज्वरो र स्वास प्रश्वासमा समस्या रहेको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार उनको आइतबार बिहान ४ः१५ मा मृत्यु भएको हो ।