
२१ मंसिर, काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा पोखरा नगरपालिकाका २ महिला र र लमजुङका १ पुरुष रहेका छन् ।
निर्देशनालयका अनुसार पोखरा महानगरपालिका १७ की ६६ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ५ः२१ मा मृत्यु भएको हो । उनमा मंसिर १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी लमजुङ बेसीसहर नगरपालिका ११ की ४३ वर्षीया महिलाको पनि उपचारका क्रममा मणिपाल अस्पतालमा शनिबार मृत्यु भएको छ । उनमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।अस्पतालका अनुसार उनमा कोभिड १९ का साथै मधुमेह समेत रहेको थियो ।
पोखरा उपमहानगरपालिका १७ का ३४ वर्षीय कोरोना संक्रमित पुरुषको पनि शनिबारै उपचारका क्रममा चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको छ । उनमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मिर्गौलाको समेत समस्या रहेको अस्पतालले जनाएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद बिन्दुृ शर्माका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६९ पुगेको छ ।