Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

रेडक्रसले ‘एक घर एक स्वयंसेवक अवधारणा ल्याउने’



२१ मंसिर, काठमाडौं । डिसेम्बर ५ तारिख अर्थात् अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले एक कार्यक्रमको आयोजना गरी स्वयंसेवकलाई सम्मान गरेको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले मानवीय विपत्तिलाई कम गर्न अहोरात्र खट्ने समस्त स्वयंसेवकहरुको योगदानलाई प्रशंसा गर्दैे एक घर एक स्वयंसेवको अवधारणालाई नेपाल रेडक्रसले अगाडि बढाउन लागेको बताए ।

तिम्सिनाले यसले नेपाल रेडक्रसलाई समुदायको अझ नजिक पुग्न र सबै पालिकास्तरमा फैलिन सहयोग पुग्ने बताउदै उनले भने, ‘स्वयंसेवामा शर्त हुदैन, कुनै स्वार्थ हुँदैन ।’

सोही अवसरमा सोसाइटीका महामन्त्री पीताम्बर अर्याल र कार्यकारी निर्देशक उमेश ढकालले अप्ठ्यारो र आकस्मिक अवस्थामा आफनो स्वास्थ्य र जीवनलाई जोखिममा राखेर अहोरात्र खट्ने रेडक्रसका स्वयंसेवकहरु प्रति सम्मान व्यक्त गरे । महामन्त्रीले अर्यालले भने–सुरक्षाको सुनिश्चितता भए मात्र स्वयंसेवकले प्रभावकारी सेवा पुरयाउन सक्ने बताउंदै उनीहरुको सुरक्षा, कार्य वातावरण, विमा व्यवस्थापन र उत्प्रेरणामा थप ध्यान दिन आवश्यक देखिएको बताए ।

सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले नेपाल रेडक्रसले कोभिड १९ महामारीको लकडाउनको अवस्थामा समेत घरमै बसेर सेवा पुरयाउने उद्देश्यले रेडक्रसले शुरुवात गरेको कोभिड अनलाईन स्वयंसेवा अत्यन्तै प्रभावकारी रहेको अनुभव व्यक्त गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी संगठन विभागका प्रमुख कृष्ण घिमिरेले नेपाल रेडक्रसमा स्वयंसेवकहरुको अवस्थाका बारेमा प्रस्तुत गरेका थिए भने सोसाइटीका उपकार्यकारी निर्देशक सुदर्शन अधिकारीले स्वयंसेवकको व्यवसायिकता, समावेशिता र प्रवद्र्धनमा संस्थाले जोड दिइएको बताए ।

सोही अवसरमा जुनियर युवा विभागका कार्यवाहक निर्देशक कृष्ण कोइरालाले सोसाइटीमा प्रोफेसनल युथ भोलिन्टियरिजम शुरु भएको जानकारी गराए ।

स्वयंसेवकहरुलाई सम्मान 

सोहि अवसरमा सोसल मिडिया भोलियन्टियर अन कोभिड १९ फेसबुक ग्रुपमार्फत मोडरेटरको रुपमा स्वयंसेवा पुर्याउने ६ जनालाई कार्यक्रममा सम्मान गरिएको छ ।

लकडाउन र कोभिडको विषम परिस्थितिमा कार्यगर्ने स्वयंसेवकलाई सम्मान गर्न संस्थाले लिएको नीति अनुसार अनलाईन स्वयंसेवकको रुपमा काम गर्ने युवा स्वयंसेवक रामजी पौडेल, निशान कार्की, बन्दना पोखरेल, रामकृष्ण शर्मा, यानी स्याभोलिनेल, सुरज लौडारी पुरस्कृत भएको सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

नेरेसोका अध्यक्षबाट तिम्सिनाबाट प्रमाणपत्र ग्रहण गरेपछि पुरस्कृत युवाको तर्फबाट निशान कार्की र बन्दना पोखरेलले अनलाइन स्वयंसेवा प्रभावकारी रहेको र त्यसबाट समुदायले व्यवहार परिवर्तन गर्न सिकेको र आफूले पनि बयस्क पुस्तासँग ज्ञान लिन पाएकोमा खुशी व्यक्त गर्दै आपत्कालीन बेलामा अनलाईन सञ्चारलाई निरन्तरता दिन नीतिगत व्यवस्थाको लागि रेडक्रसलाई अनुरोध गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय पदाधिकारी, केन्दीय सदस्य, विभागीय निर्देशक एवं कर्मचारी, कोभिड सामाजिक सञ्जालका सदस्य र युवा प्रतिनिधिहरुाको सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्रसंघको आव्हानमा अन्तर्राष्ट्रिय रेडक्रस अभियानले विश्वभरिका आफ्ना १ करोड ४० लाख स्वयंसेवकहरुले आकस्मिक एवं अत्यन्त विकट अवस्थामा पुर्याइरहेको मावनीय सेवा र योगदानकोे उच्च सराहना गर्दै १९२ मुलुकमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइरहेको छ ।

नेपाल रेडक्रसमा हाल देशभर १० लाख भन्दा बढी स्वयंसेवक एवं सदस्यहरु आवद्ध भइ देशभरि खटिरहेको र त्यसमध्ये एकलाख तीनहजार तालिमप्राप्त क्रियाशिल स्वयंसेवक रहेको निर्देशक पौडेलले जानकारी गराए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र