२२ मंसिर, काठमाडौँ । अब निजामति कर्मचारीहरुले सरुवा/काज/कामकाजका लागि कतैपनि धाउनु नपर्ने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा/काज/कामकाजका लागि अनलाइन निवेदन संकलन गर्न थालेपछि मन्त्रालय धाउनु पर्ने अवस्थाको अन्त्य भएको हो ।
कर्मचारीहरुको व्यवस्थापनको लागि सरुवा, काज, कामकाजलाई सूचना प्रविधिमैत्री, कम खर्चिला, छिटो छरितो र त्रुटि रहित बनाउन अनलाइन प्रणालीको व्यवस्था गरिएको मन्त्रालये जनाएको छ ।
सरुवा/काज/कामकाजको सेवा लिन चाहने कर्मचारीले मन्त्रालयले संचालनमा ल्याएको https://saruwa.mofaga.gov.np/ मा गई निवेदन पेश गर्न सक्ने छन् ।
यो अनलाइन सफ्टवयेरले राष्ट्रिय किताबखाना(निजामती)मा व्यैक्तिक विवरणको आधारमा कार्य सम्पादन गर्ने भएकोले व्यैक्तिक विवरण अद्यावधिक गरेर मात्र निवेदन पेश गर्न भनिएको छ ।