Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

आर्सनलमाथि टोटेनहमको रोमाञ्चक जित, लिभरपुलकाे पनि सहज जित



२२ मंसिर, काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तरगत टोटेनहम हट्स्परले आर्सनललाई पराजित गरेको छ । गयराति भएको खेलमा २-० गोल अन्तरले टोटेनहमले आर्सनललाई पराजित गरेको हो ।

जोसे माउरिन्नोको टोटेनहमले घरेलु मैदानमा मिकेल अर्टेटाले समालेको आर्सनल माथि रोमाञ्चक जित निकालेको हो । खेलमा आर्सनलले अत्याधिक समय बल आफ्नो पक्षमा पार्न सफल भएपनि माउरिन्नोको काउन्टर अट्याकिङ खेल शैलिको सामो निरिह बन्न पुग्यो ।

टोटेनहमको जितमा खेलको १३ औं मिनेटमा ह्युङ मिन सन र पहिलो हाफकै इन्जुरी समयमा ह्यान्रि केनले गोल गर्दै समग्रमा २-० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । टोटेनहमले  दुबै गाेल काउन्टर अट्याक मार्फत गरेको थियो ।  जितसँगै ११ खेलमा ७ जित, ३ बराबरी र १ हारको नतिजा निकाल्दै २४ अंकका साथ  टोटेनहम अंक  तालिकाको पहिलो स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तरगतकै अर्को खेलमा लिभरपुलले वाल्भस माथि ४-० काे जित निकाल्याे । जितसँगै समान खेलबाट समान अंक जोड्न सफल लिभरपुल गोल अन्तरका आधारमा  अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय