
२२ मंसिर, काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाइ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैंठकले लगानीकर्तालाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त्त बैंकको सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंया बराबरको बोनस शेयर र कर प्रयोजनका लागि मात्र चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैंया बराबर नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत पछिको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने बैंकले जनाएको छ ।