काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय विद्यार्थीहरुको भेला हुने भएको छ । प्रदेश १ का ओली पक्षीय विद्यार्थीहरुको सोमबार भेला हुन लागेको हो । जनाइएअनुसार भेला विराटनगरमा मध्यान्ह १२ बजेदेखि हुँदैछ ।
विराटनगरको भेलामा ऐन महरलगायत विद्यार्थीका नेताहरु सहभागी हुन लागेको जनाइएको छ ।
यसअघि मंसिर १४ मा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थीहरुको थापाथली क्याम्पस काठमाडौंमा बेग्लै भेला भएको थियो । प्रचण्ड–नेपाल पक्षीय विद्यार्थीहरुको भेला भएसँगै ओली पक्षीय विद्यार्थीहरुको भेला हुन लागेको हो ।
पछिल्लो समय पार्टीभित्र आन्तरिक विवाद बढेसँगै गुट–गुटका भेला तथा बैठकहरु हुने गरेका छन् ।