
२३ मङ्सिर, काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ९० हजार नाघेको छ भने १ करोड ५३ लाख भन्दा बढि संक्रमित भएका छन ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३९ जनाको मृत्यु पछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ९० हजार ४ सय ७४ पुगेको हो ।
त्यसैगरि गएको २४ घण्टामा २ लाख ८५ नयाँ कोरोना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख ७० हजार ३ सय ३९ पुगेको हो ।
अमेरिकामा अहिले पनि ६० लाख ९६ हजार २ सय २४ जना संक्रमित अवस्थामै रहेका छन भने ८९ लाख ८३ हजार ६ सय ४१ जना कोरोना मुक्त भएका छन ।