२३ मङ्सिर, काठमाडौँ । आज मंगलबार सुनको मूल्य १५ सयले बढेको छ ।
सोमबार ९२ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १५ सयले बढेर प्रतितोला ९४ हजार १ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि आज १५ सयले बढेर प्रतितोला ९३ हजार ६ सय ५० मूल्यमा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । सोमबार १२०५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैँयाले बढेर प्रतितोला १२३५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।