back

८६ सेन्टिमिटरले बढ्यो सगरमाथाको उचाई

वि.सं.२०७७ मंसिर २३ मंगलवार

126 

shares
NTC AD
Global IME AD

काठमाडौं । विश्वको सर्वौच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बढेको छ । जससँगै सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएको छ ।

मंगलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाईबारे घोषणा गरेका हुन् ।

यसअघि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर तय गरिएको थियो । जुन उचाई सन् १९५४ मा सर्वे अफ इन्डियाले नापेको थियो ।

सगरमाथाको उचाईबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच सोही उचाईलाई नै मान्यता दिने सहमती बनेको थियो ।

तर यसबीच विभिन्न देशले गरेको सगरमाथाको उचाई मापनमा फरक–फरक तथ्यांक आएको थियो । फरक–फरक तथ्यांक आएसँगै नेपाल आफैंले उचाई मापन गरेको हो ।

नेपाल सरकारले २०७४/०७५ को नीति तथा कार्यक्रममार्फत सगरमाथाको उचाई मापन गर्ने घोषणा गरेको थियो ।

जसपश्चात चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल आउँदा चीन र नेपाल दुवैले आ–आफ्नै तरिकाले मापन गरेपनि घोषणा संयुक्त रुपमा गर्ने सहमती भएको थियो । जुन सहमतीअनुसार नै मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन् ।

यसबीच विज्ञहरुले भूकम्पपछि सगरमाथाको उचाई घटेको अनुमान गर्दै आएका थिए ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १४:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...