२३ मङ्सिर, स्याङजा । कालिगण्डकी गाउँपालिका–४ बडाचौर बस्ने २४ वर्षीय शिब पाण्डेलाई १ थान भरुवा बन्दुक सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा भरुवा बन्दुक राखेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी विर्घाबाट खटिएको प्रहरीले उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।