
२३ मंसिर, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले विभिन्न ट्रेडका फलोअर्स ( चर्मकर्मी, केशकतर्क, सिकर्मी, सुचिकार, लोहाकार र धोबी) पदका उम्मेदवारको प्रयोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
सेनाले प्रयोगात्मक परीक्षामा उत्र्तीण उम्मेदवारहरुको विस्तृत स्वास्थ्य परीषण वीरेन्द्र अस्पताल छाउनीमा संचालन हुने भएकाले निम्न मिति र स्थानमा उपस्थित हुन आग्रह गरेको छ ।