
२४ मङ्सिर, काठमाडौँ । भारतीय क्रिकेट टिमका विकेटकिपर व्याट्सम्यान पार्थिव पटेलले सबै खाले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन ।
उनले बुधबार सामाजिक संञ्जाल ट्वीटरबाट ट्वीट गदैँ आफ्नो १८ वर्षे क्रिकेट करियरबाट सन्यासको घोषणा गरेका हुन ।
— parthiv patel (@parthiv9) December 9, 2020
१७ वर्षको उमेरमा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका पार्थिव पटेलले भारतका लागि २५ टेस्ट, ३८ एकदिवसीय र २ टि-२० खेल खेले । उनले भारतका लागि टेस्ट क्रिकेटमा ९३४, एकदिवसीय क्रिकेटमा ७३६ र टि-२० क्रिकेटमा ३६ रन बनाए ।
उनले फस्ट क्लास क्रिकेट भने ४३.३९ को औसतले ११२४० रन बनाएका थिए । त्यसैगरि इन्डियन प्रिमियर लिग (आईपिएल) मा पनि उनले १३९ खेलबाट २८४८ रन बनाएका थिए ।